Dabali News

नेकपाका युवा नेता खतिवडा काठमाडौंबाट गिरफ्तार, कहाँ राखिएको छ ?  

२२ फागुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । खतिवडालाई प्रहरीले बुधबार नाघपाेखरी आसपासबाट गिरफ्तार गरेको बताइएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार नेता खतिवडालाई गिरफ्तार गरेर दिउँसो नेपाल पुलिस क्लबमा राखिएको थियो भने साँझतिर काठमाडौं प्रहरी परिसर टेकु लगिएको छ ।

ब्यूरो सदस्य समेत रहेका खतिवडा पार्टीको कामको क्रममा विना कारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै नेकपाले आपत्ति जनाउँदै  रिहाइको माग गरेको छ ।

यसअघि प्रहरीले अर्का नेता सूर्य भुजेललाई पनि गरफ्तार गरेको थियो । उनलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । उनलाई थप अनुसन्धानको लागि भन्दै दोस्रो पटक ८ दिनको म्याद थप गरेको छ ।

एनसेलमाथि विस्फोट र अागजनी गरेसँगै सरकारले नेकपाका नेता-कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ । राज्यलाई कर तिर्न दवाव दिन कारवाही गरिएको भन्दै नेकपाले त्यसैको बहानामा दमन गरिएको बताउँदै अाएको छ । उसले धरपकड र गिरफ्तार नरोकिए प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]