Dabali News

६ महीनादेखि वायु सौर्य आयोजना ठप्प

२२ फागुन

हेटौँडा । १ करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ ।

गाउँपालिका-५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा काम ठप्प भएको हो ।

विसं २०७२ मा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो ।

भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानका अनुसार आयोजना सञ्चालन भएदेखि नै समस्या थियो । आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए ।

गत असोजमा ती ४० ब्याट्री पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राविधिक रूपमा आयोजनाको निरीक्षण भएको थियो ।

केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्रीलगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिनेछ ।

१३१ घरपरिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हँुदै आएको थियो ।

प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने छ । यसअघि नवलपरासीको धौवादीमा वायुसौर्य मिश्रित आयोजना निर्माण गरिएको थियो ।

हेटौँडादेखि पूर्वी क्षेत्रमा पर्ने बागमतीको भोर्लेनीमा साँझपख निरन्तर हावा चल्ने भएकाले अनुसन्धानपछि आयोजना निर्माण गरिएको समितिका अध्यक्ष घलानले भने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]