Dabali News

भरी हिमपातले ५१ भेडा मरे, किसान चिन्तामा

२१ फागुन

जुम्ला । जिल्लाको सिजा गाउँपालिका वडा नं.२ का किसान गोविचन्द्र तिरुवाका हिमपातका कारण ५१ वटा भेडाहरु कठयाङग्रीएर मरेका छन् ।

हिउँले गर्दा सेताम्मे भएकाले भेडालाई चर्न पनि मुस्किल भएकोे छ । भेडापालनबाट जिविकोपार्जन गर्दै आएका उनले भेडा मरेपछि उनले रुदै भने ‘अब यत्रो क्षति कसरी उठाउने, कस्ले किसानका दुः ख बुझिदिने ।’
प्रति भेडाको १०ं देखि १५ हजार पर्ने भएकाले ६ लाख जति क्षति भएको उनको भनाई छ ।

यसका लागि उनले सम्वधित निकायसँग गुवार मागे । बाह्रै महिना आफुले भेडा चराउने, भेडासँगै रमाने हुनाले एकै पटक भेडा मर्दा परिवारसमेत चितामा परेको उनले बताए ।

आयआर्जनको मुल श्रोत भेडा पालन भएकाले ठुलो क्षति व्यहोर्नु परेको र कर्णाली जस्तो दुर्गम ठाउँमा कठिन भुगोलका करण जिवन धान्नका लागि कडा मिहनेत गर्नु पर्ने भएकोले आफुले लामो समयवाट भेडा पालन गरेको उनले वताए ।

मौसमका कारण आफुलाई प्राकृतिले धोका दिएको र प्रकृतिक कारण ठूलो क्षति व्यहोर्नु परेकोले पशुसँग सरोकार राख्ने संघ संथा एवं सरकारी निकायलाई सहायताका लागि अपेक्षा गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]