Dabali News

कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्ने

७ चैत

काठमाडौँ । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलिबाट रोजगार अनुमति प्रणाली ईपीसएस परीक्षाको आवेदन खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको बताएको छ । इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्ने छन् ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको २०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका नेपाली नागरिकले आवेदन दिन सक्छन् । ईपीएस नेपालको वेवसाइट अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन भर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटेको छ तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता छ ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउने छन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनु पर्नेछ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्नु पर्नेछ । यसपटक कुल ७ हजार १ सय जना उत्तीर्ण गर्ने योजना छ ।

उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]