Dabali News

छोटो अवधीमा ठूलो सफलता, अन्तरिक्षमा पर्यटक लैजाने विमानको गरियो उडान परीक्षण

१९ फागुन

काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणा बमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् ।

रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको छ भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ । मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चापलगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ ।

अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ । पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरीक्षमा लैजाने यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरीक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमितरुपमा अन्तरीक्षमा मानव पर्यटक लैजान यो वर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ ।

स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरीक्षमा व्यवसायीक रुपमा मानव ग्राहक लैजान पहिलो हुने बताएका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]