Dabali News

क्रान्तिकारी पत्रकारको अनलाइन पत्रकार संगठन बन्‍यो 

१८ फागुन

काठमाडौं । विभिन्‍न अनलाइनमा आवद्ध क्रान्तिकारी पत्रकारहरु संगठित भएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालको अनलाईन पत्रकारहरुको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलाले क्रान्तिकारी पत्रकार संगठन, नेपालका सचिव जिवन हमाललाई संयोजकत्वमा नयाँ कमिटी गठन गरेको छ । शनिबार अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना मजदुर संघ कान्तिपुर इकाईको कार्यालय सुविधानगर तीनकुनेमा सम्पन्न भेलाले सचिव हमाललाई अनलाईन कमिटीको संयोजक तोकेको हो ।

भेलामा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष डिल्लीराज रावतले क्रान्तिकारी पत्रकार संगठनले श्रमजीवी पत्रकारहरुको पक्षमा कलम चलाउन अनलाईन पत्रकारहरुलाई निर्देशन दिए । अहिले राज्यले प्रेसहरुमाथि राज्यले नियन्त्रण गर्न खोजेको भन्दै रावतले त्यसका बिरुद्ध अाफूहरु लडिरहेको बताए । ‘जनताका पक्षमा लेख्न निषेध गरिँदैछ, हामीले जनताका आवाज निरन्तर सम्प्रेषण गर्नुपर्दछ’ रावतले भने । सूचना प्रविधिको विकासले अनलाईन पत्रिका लोकप्रिय बन्दै गएको र अबको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने रावतले भेलालाई सम्बोधन गर्दै धारणा राखे ।

क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]