Dabali News

विद्युत सूचारु गर्न आजबाट प्राविधिक परिचालन

१८ फागुन

रसुवा । भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन १६ गते परेको भारी हिमपातले उत्तरी रसुवाका ठूलोस्याफ्रु, वृद्विम, टिमुरे, चिलिमे, गोल्जुङ, गतलाङसमेतका ग्रामीण बस्तीको अवरूद्ध विद्युत सेवा सञ्चालनको प्रयास थालनी गरिएको हो ।

भाँचिएका विद्युत पोल फेर्न र चुँडिएका तार मर्मत गरी विद्युत सेवा सञ्चालनका लागि १५ जना विद्युत प्राविधिक परिचालन भइसकेकाले २ दिनभित्र सबै ठाउँको विद्युत सेवा सञ्चालन गर्ने लक्ष लिइएको प्रमुख दाहालले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]