Dabali News

नेपालमा पहिलोपटक ल्याप्रोस्कोपीका माध्यमबाट मिर्गौला प्रत्यारोपण

१७ फागुन

काठमाडौं । नेपालमा पहिलो पटक ल्याप्रोस्कोपीका माध्यमबाट सफल मिर्गौला प्रत्यारोपण गरिएको छ ।

विश्वमा कमै मात्रामा हुने गरेको यस्तो प्रत्यारोपण नेपाली चिकित्सकहरुले आज (शुक्रबार) सफलताका साथ गरेका छन् ।

धापासीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा कैलालीका राना थारु समुदायका श्रीमानको मिर्गौला ल्याप्रोस्कोपीका माध्यमबाट प्रत्यारोपण गरिएको हो ।

डा. ज्ञवालीका अनुसार लामो प्रायासपछि ३५ वर्षिय श्रीमतीले दिएको मिर्गौला ३८ वर्षका श्रीमानलाई प्रत्यारोपण गरिएको हो ।

यो नेपाली चिकित्सा जगतको ठुलो उपलब्धी भएको ज्ञवालीले बताएका छन् । मानव अंग प्रत्यारोपण केन्द्रले बिदेशी चिकित्सक ल्याएर प्रत्यारोपण गर्दै आएको थियो ।

तर, ल्याप्रोस्कोपीको माध्यमबाट गरिएको प्रत्यारोपण भने यो पहिलो हो । प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा सर्जन पवन चालिसे, अनिल श्रेष्ठ, भोजराज लुईटेल र सुरेन्द्र अधिकारी तथा मन्जु शाही र सुजाता गणेशको नर्सिङ टिमले दाताको मृगौला बिना चिरफार ल्याप्रोस्कोपीक बिधीले निकालेर सफलता पूर्वक प्रत्यारोपण गरेको छ ।

एनेस्थेसिया बिभागका चिकित्सकहरु डा.अर्चन अधिकारी, अभिनास गुरुङ, अशोक खड्का र सुजाता निरौलाको संलग्नता रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]