आज :

अखिल क्रान्तिकारीको सम्मेलनमा प्रहरी हस्तक्षेप, कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन

बझाङ । अखिल (क्रान्तिकरी)को सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको ७ औं जिल्ला सम्मेलनमा तिलक कुँवरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा आयोजना सम्मेलन गर्ने भनिएपनि प्रहरीले हस्तक्षेपका कारण प्रभावित भएको थियो । सदरमुकाममा प्रशासनले खुला कार्यक्रम गर्न नदिने प्रहरी परिचालन गरेको थियो ।

अखिल क्रान्तिकारीको संगठन बलियो भएका विद्यालयमा प्रहरीले धर्ना दिएर विद्यार्थीलाई बाहिर निस्कन नदिएको अखिल क्रान्तिकारी बझाङले जानकारी दिएको छ । प्रहरीले सदरमुकाममा रहेको जालपा उमावि रिठापाटाका सम्पूर्ण विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर रोकेको थियो । त्यहाँ प्रहरीले आयोजना गरेको कार्यक्रममा विद्यार्थीलाई जबरजस्त राखिएको थियो ।

त्यसैगरी पाण्डु उमावि पडेस, सत्यवादी उमाविमा प्रहरी पुगेर विद्यार्थीलाई बाहिर निस्कन नदिएको अखिल क्रान्तिकारीले जनाएको छ । प्रहरीले विद्यार्थीलाई रोक्न विद्यालयलाई वार्षिक कार्यक्रम गर्न दवाव दिएको थियो । बाहिर प्रहरीले धर्ना दिएर विद्यार्थीलाई बाहिर निस्कन नदिएको बताईएको छ । फागुन २० गते आयोजना गरिएको विद्यालयको कार्यक्रम प्रहरीको दवावमा आजै गर्नु परेको विद्यालय प्रशासनले जनाएको छ ।

अखिल क्रान्तिकारीको कार्यक्रम कुनै पनि हालतमा गर्न नदिन व्यापक प्रहरी परिचालन गरेपनि सदरमुकामभित्रै सम्मेलन सम्पन्न भएको छ ।

एक विद्यालयको हलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा विनोद थापा, सचिव सत्य दुवाल, सहसचिव दिनेश खड्का, कोषाध्यक्ष शोभा भण्डारीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा राजुजंग धामी, प्रशान्त बोहरा, मुकेश विष्ट, सुवास बोहरा, दिपक शाही, हिरा जाग्री, मञ्ज नाथ, प्रिया क्ँवर, विकास थापा, विकास विष्ट, पुजा पुरी, सन्तोष बाँनिया, विनिता धामी, निर्मला विष्टलगायत रहेका छन् ।

सम्मेलनमा संगठनको केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, सेती ब्यूरो संयोजक लोकेन्द्र सार्की, सिटिईभिटी उपत्यका जिल्ला अध्यक्ष प्रज्ज्वल शाही, कैलाली जिल्ला अध्यक्ष बबरजंग सिंहलगायतका नेताहरुको उपस्थिति रहेको थियो । बक्ताहरुले आफ्नो शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउँदै विद्यालय शान्ति क्षेत्र घोषणा गरिएपनि प्रहरीले धर्ना दिएर विद्यार्थीलाई भित्रै थुनिनु गम्भीर मानव अधिकारको उलंघन भएको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal