Dabali News

माइबेनी हाइड्रोपावर निर्माणको काममा तिव्रता

१७ फागुन

काठमाडौं । निर्माण भइरहेको ९.५१ मेगावाट क्षमताको माइबेनी हाइड्रोपावर निर्माणको काममा तिव्रता आएको छ ।

उक्त हाइड्रोपावरको २२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रवन्धक राजेन्द्र भारतीले जानकारी दिएका छन् ।

माइबेनी हाइड्रोपावर अन्तर्गत इलाम नगरपालिका वडा नम्बर ८ को बीसहाते बेसीमा बाँध र सुरुङ निर्माण भइरहेको छ । वर्षायाम अघि नै बाँध र पोखरी निर्माणको काम पुरा गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको २ वटा छुट्टाछुट्टै सुरुङ निर्माण द्रुत गतिमा भइरहेको छ । उत्पादित विद्युत साढे तीन किलोमिटरको ३३ केभी प्रशारण लाइन निर्माण गरि गोदक सव स्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

गत चैतबाट १ अर्व ८६ करोड लगानीमा निर्माण भइरहेको आयोजना आगामी वर्ष सम्पन्न गरिने लक्ष्य लिइएको छ । अहिले २ वटा हाइड्रो पावर निर्माणको चरणमा रहेको छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]