Dabali News

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको अवस्था गम्भीर

१७ फागुन

काठमाडौं । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

उनलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको छ । ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

मेडिसिटी अस्पतालमा एक महिनाको प्रयासपछि पनि स्वास्थ्यमा सुधार नआएपछि केही साताअघि ह्याम्स सारिएको हो । ८३ वर्षिय अधिकारीको अवस्था जटिल बन्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु उनलाई भेट्न अस्पताल जान थालेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आज (शुक्रबार) अस्पताल पुगेर स्थिति बुझेका छन् । उनले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
केन्द्रीय सदस्य डा.विजयकुमार पौडेलले पनि बिहीबार अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिएका थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलो पटक अर्थमन्त्री हुनु भएका थिए । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो, यो अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।

उनी संसद विघटनपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेका हुन् ।

अस्पतालमा सुत्केरी हुनेले हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने नियम बनाए ।

त्यसपछि झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भए । त्यसबेला केही महिना ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

त्यसबेला मुलुकमा चरम लोडसेडिङ थियो । लोडसेडिङ घटाएर मन्त्री बिष्ट चर्चामा आएका थिए तर त्यसको योजना बनाउने काम उप प्रधानमन्त्री अधिकारीले गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]