Dabali News

विप्लवको पार्टी एक नम्बरमा पर्छः किराती

पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको शान्तिपूर्ण भेला–सम्मेलन गर्न नदिएर फासिवादको अभ्यासतिर अग्रसर भएको बताएका छन् ।

वर्तमान सरकारले पहिचानवादीहरुलाई परास्त गर्ने र माओवाद खोज्नेहरुलाई तह लगाउने रणनीतिमा लागेको बताए । माओवाद खोज्नेहरुलाई दमन गर्दा नेपाल कम्युनिस्ट पार्टी पहिलो नम्बरमा पर्ने बताए ।

संयोजक किरातीले रातो खबरालाई अन्तरवार्ताः

तपाईंंलाई कम्युनिस्ट आन्दोलनमा कसरी आकर्षित हुनुभयो ?

खोटाङ जिल्ला पेम्मा गाउँमा बस्ने श्रीकृष्ण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हरिनारायण राईबाट मलाई माक्र्सवादी विचारप्रति पहिलो प्रेरणा प्राप्त भयो । सोलुखुम्बु जिल्ला सोताङलुङमा जन्मेँ र हुर्कँे । २०३७ सालमा जेठा दाजु प्रहरीमा हुनुहुन्थ्यो । उहाँ झापामा आन्दोलनको बीचमा घाइते हुनभएछ, २०३७ सालमा जेठा दाजु बित्नुभयो । २०३८ सालमा बुबा र आमा २०३९ सालमा बित्नुभएपछि टुहुरा भइयो । हामी एकातिर धेरै गरिब थियौँ, त्यसमाथि गाउँका प्रधानपञ्च बुबा बितिसकेपछि हाम्रा जग्गाबारी खोस्ने काम ग¥यो । पीडित अवस्थामा २०३९ सालमा म काठमाडौँ आएँ । ट्रेकिङ मजदुरीमा लागेँ । सोलुखुम्बुका धेरै मानिस ट्रेकिङ मजदुरीमा थिए । त्यही क्रममा हरिनारायण मेरो भिनाजुको संरक्षणमा बस्थेँ । दिदीको जोड थियो कि ब्रिटिस गोर्खा भर्तीमा पठाउने के गरी गरिखाने भाइलाई बनाउने अन्तर्गत र भिनाजु नेकपा चौममा नजिकको बुद्धिजीवी हुनुहुन्थ्यो । त्यहीबीचमा गोर्खा भर्तीमा जान हुँदैन, देश र जनताका लागि क्रान्ति गर्नुपर्छ । २०४० मंसिरमा भिनाजुले प्रेरित गर्नुभयो । त्यो बेला सिम्मा गीति–नाटक धेरै चर्चित नाटक रहेछ । रायनले लेख्नुभएको त्यो गोर्खा भर्तीको तुफान कथा अथवा दर्दनाक कथामा आधारित नाटक रहेछ । भिनाजुको प्रभावबाट देश र जनताका लागि क्रान्ति गर्नुपर्छ भन्नेमा प्रतिबद्ध भएँ । त्यहाँदेखि लाग्दै आउने क्रममा जातीय प्रश्नमा २०४३÷४४ सालतिर मलाई जानकरी भयो । २०४५ सालमा राजकाज मुद्दामा १० महिना जेल बसँे, यद्यपि भिनाजु त्यो गाउँको निमाविलाई मावि बनाएपछि उहाँ हेडमास्टर भएर जानुभयो । मलाई संगठित गर्नुभएन । संगठन खोज्नाले मलाई निकै हैरान भयो । स्वतन्त्र वामपन्थी कार्यकर्ता रहँदै आएँ । २०४५÷०४६ सालमा जेल बस्दा चिन्तन–मनन गर्दादेखि यो वर्गीय र जातीय प्रश्न दुबै चाहिन्छ भन्ने निष्कर्षमा पुगेँ र बाहिर आएँ ।

अहिले तपाईं के गर्दै हुनुहुन्छ ?

अहिले हामी नेकपा (माओवादी केन्द्र) पुनर्गठनको अभियानमा छौँ । नेकपा (माओवादी केन्द्र) को रूपमा संविधानसभाबाट संविधानलाई तत्कालीन नेकपा माओवादीले उपलब्धिको रक्षा गर्ने र कमजोरी सच्याउने काममा हामीहरू अघि बढ्ने भनेर डटिरहेकै बेला २०७४ साल असोज १६ गते पेरिस डाँडा केन्द्रीय कार्यालयमा त्यो बेलाको अध्यक्ष प्रचण्डले एमालेसित एकताको सहमतिपत्र प्रस्तुत गर्नुभयो । गठबन्धनमा आपत्ति थिएन, एकतामा पनि आपत्ति थिएन प्रश्न के भने माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त पहिचानको सिद्धान्त एमाले मान्दैन । नमान्ने भइसकेपछि एकता नभएर विलय हुन्छ । विलयमा गइँदैन भनेर २०७४ असोज १६ गते बैठकमा मैले विरोध जनाएँ र केन्द्रीय सचिवालय बैठकमा अनौपचारिक बैठकमा त्यस्तोे निर्णयहरू केही लिखित रूपमा गरिएन । विरोध गर्ने एक जना मात्रै भइयो । २०७४ फागुन ७ गते ओली–प्रचण्डको पार्टी एकता संयोजन समिति छ । त्यसले ७ बुँदे सैद्धान्तिक राजनीतिक सहमति ग¥यो र ८ गते हामीले दक्षिणपन्थी–काण्ड भन्यौँ । नेपाली कम्युनिस्ट आन्दोलनको यो दक्षिणपन्थी–काण्ड हो, त्यसमा हाम्रो विचार समूह संलग्न हुँदैन । ११ गते हामीले पनि प्रचण्ड समूह माओवादी केन्द्रमा नरहेको वक्तव्य घोषणा ग¥यौँ । उहाँहरूले छोडेर जाने माओवादी केन्द्र हामी समाल्छौँ अथवा यसैलाई निरन्तरता दिन्छौँ ।

प्रचण्डहरू एमालेमा जाने भनेपछि तपाईंहरूले विरोध गर्नुभयो, किन ?

मार्क्सवाद-लेनिनवाद-माओवाद हाम्रो पथप्रदर्शक सिद्धान्त होे । कार्य्दिशाको सम्बन्धमा बादलहरूसँग एकता गर्दा अध्ययन–अनुसन्धानद्वारा नयाँ कार्य्दिशा निर्माण गर्ने भनिएको थियो । त्यहाँ पुँजीवादी क्रान्ति र समाजवादी क्रान्तिको तयारी भन्नेसम्म लेखिएको थियो । त्यसमाथि पनि मेरो प्रश्न थियो । एकतापछि कार्य्दिशा क्रान्तिकारी दिशा तयार गर्नुपर्नेमा उहाँहरू भाग्नुभयो । अर्को यो पहिचानको मुद्दा नेपाली क्रान्तिको यो एक अभिन्न कार्यभार हो । वर्गप्रधान हुन्छ, माक्र्सवादी दृष्टिकोणमा त्यो एकदम सही हो तर त्यसको अतिरिक्त देशमा समाजमा रहेका सबैखाले अन्याय, उत्पीडनको विरुद्ध लड्नु माक्र्सवादीहरूको कर्तव्य हुन्छ । त्यसअन्तर्गत नेपाली समाजमा ४ किसिमका उत्पीडनहरू विद्यमान छन् । जनयुद्धअघि नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनले निर्धारण गरेको नेपाली राजनीतिको अन्तर्विरोध एकदम सही छ ।

वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन छ, त्यसको अन्त्य गर्न जनयुद्ध भनियो । त्यसको अन्त्य गर्न माओवाद भनियो र त्यसको अन्त्य गर्न माओवाद स्वीकार गर्ने पार्टी भनियो । अहिले उहाँहरूले छोड्नुभएपछि संसद्वादमा उहाँहरूले हामफालेपछि हामीले विरोध गरेका हौँ । भारतको पश्चिम बंगालमा ज्योति बसुले क्रान्तिकारी चारु मजुमदारहरूको रगत पिएर २०-२५ वर्ष जो मुख्यमन्त्री माक्र्सवादको नामबाट चलाएका थिए तर अहिले त्यहाँ माक्र्सवादी भनिनेहरूको बीउसमेत मासिएको छ । ओली–प्रचण्डको अवस्था पनि यो २०-२५ लाग्दैन । यही ५ वर्षमा उहाँहरू ज्योति बसु हुनुहुनृेछ । ओली–प्रचण्डको यो कथित कम्युनिस्ट नामको खोल हो । संसदीय पुँजीवादी राजनीति ४-५ वर्ष ज्योति बसुको तहमा अवसान हुन्छ ।

अब कसरी सोच्नुभएको छ ?

अहिलेसम्म परबाट देखिने ठूलो टाउको अथवा नाम चिनिएकका नेताहरू पुनर्गठनको पक्षमा छैनन् । एमाओवादीमा निर्वाचन भएको थियो । म स्थायी समिति सदस्यमा निर्वा्चित भएपछि माओवादी केन्द्र बनेको आधारमा केन्द्रीय कार्यालय सदस्यमा पनि राखियो, त्यो जिम्मेवारी निर्वाह पनि गरियो । म एकजना छु लोकेन्द्र बिष्टले निकै महिनाअगाडि पार्टी परित्याग गर्नुभएको थियो । अहिले हामी छलफल गरिराखेका छौँ । आहुतीजीले माओवादी केन्द्र परित्याग गर्नुभयो ।

मैले परित्याग नगर्ने त्यो परित्याग प्रचण्डहरूले पो गर्दैछन् भन्ने मेरो व्यख्या रह्यो र आहुतीजी एउटा मिहिनेतसँग एउटा समूह निर्माण गर्न दस्तावेजको तयारीमा हुनुहुन्छ, त्यो ठीक छ । त्यो गर्दा सानो टाउकोवालाहरू मात्रै पुनर्गठन अभियानमा जुटिरहेका छौँ । हामी खुसी नै छौँ । सानो टाउकोलाई नै ठूलो टाउको बनाउन सकिन्छ । अहिले छलफलको निम्ति तयार गरिराखेको ‘राष्ट्रिय समाजवाद’ कार्य्दिशा उपयुक्त हुन्छ भन्ने कुरामा हामीलाई गहिरो विश्वास रहेको छ ।

अहिले तपाईंंहरू भन्दै हुनुहुन्छ– क्रान्तिकारी ध्रुवीकरण आजको आवश्यकता हो, यसबारे यहाँको खास धारणा के हो ?

एकदम ठीक हो । खडक ओली समग्रतामा सम्पूर्ण रूपले कम्युनिस्टको खोल ओढेका प्रतिक्रियावादी मानिस हुन् । उनी २०२८ सालमा झापा विद्रोहमा क्रान्तिकारी भूमिका खेलेका पनि पछि बिग्रँदै आउने क्रममा प्रतिक्रियावादी मानिस हुन् । प्रचण्ड ७ बुँदेपछि वैद्य कमरेडहरू, विप्लव कमरेडहरूले पहिल्यैदेखि प्रचण्ड बेठीक हो, भन्नुभयो । मोहन वैद्यले प्रचण्डलाई चिन्ने र हामीले चिन्नेमा अन्तर परिहाल्ने भयो । २०६० सालमा मात्रै प्रचण्डसँग मेरो सहकार्य भयो । ढिलै भए पनि प्रचण्ड दक्षिणपन्थी अवसरवादीको रूपमा अहिले ठहरिनुभयो । उहाँ प्रचण्ड नरहेर पुष्पकमल दाहाल हुनुभयो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यो खड्क ओलीको मतियार हुनु पुग्नुभयो । यसो गर्दा विप्लवजी नेतृत्वको नेकपाले फासिवादी आरोपित गरेको छ, त्यो म सही ठान्छु । २३ औँ जनयुद्ध दिवस वैद्य र विप्लव पार्टीले आयोजना गर्नुभयो, हामीलाई पनि निम्त्याउनुभयो । एकै ठाउँमा उभिएर हामीले जनयुद्ध दिवस स्मरण गर्‍यौँ, चर्चा गर्‍यौँ । त्यो दिन हेमन्तप्रकाश ओलीसँगै उभिएर मन्तव्य पनि दियौँ । त्यस्तो पक्रने काम भएन किन भने खडक ओली प्रम भइसकेका थिएनन् । फागुन ६ गते विराटनगरमा युवाको सम्मेलनलाई दमन गर्ने काम भयो । हेमन्तजीहरूलाई गिरफ्तार गरियो । हामीले विरोध जनायौँ । यो खड्क ओली र प्रचण्डको संकट हो भनेर पनि हामीले भन्यौँ । स्वाभाविक रूपमा माओवाद मान्नेहरूको बीचमा एउटा क्रान्तिकारीहरूको खेमा निर्माण गर्नुपर्छ । स्वाभाविक र अनिवार्य रूपमा पार्टीगत एकतामा समय लाग्छ । मोहन वैद्य, विप्लव कमरेडहरूसँग आहुतिजी दस्तावेजको तयारी गर्दै हुनुहुन्छ, त्यो पढेर मात्र बुझ्न सकिने कुरा भयो ।

मार्क्सवाद-लेनिनवाद-माओवाद मान्दै नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त स्वीकार गर्नेहरूका बीचमा पार्टी एकताको लक्ष्य राखेर न्यूनतम रूपमा कार्यगत एकता र अधिकतम रूपमा तत्काल परिस्थितिको रूपमा संयुक्त मोर्चा निर्माण गर्नुपर्छ । हामी क्रान्तिकारी खेमा निर्माण गरेर अघि बढ्नुपर्छ । विप्लवजीहरू डटेर एउटा पार्टी निर्माण गरेर क्रान्ति गर्नुपर्छ भनेर लागिरहनुभएको छ । उहाँलाई पनि मानौँ न संविधान भनौँ भनेर मैले सिकाउन लायक हुँदैन, उहाँहरूले पनि यो संविधान मान मान साइँला भनिहाल्यो भने त्यो मान्न सक्ने कुरा भएन । हाम्रोबीचमा सम्बन्धमा ध्रुवीकरण तर कार्यगत एकता संयुक्त मोर्चाको रूपमा हुन्छ ।

अहिले वाम गठबन्धनको सरकारले नेकपाका नेता–कार्यर्तालाई गिरफ्तार गर्ने झुट्टा मुद्दा लगाउने र शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिइरहेको छैन, यसलाई कसरी हेर्नुभएको छ ?

फासिवाद भनेको नारा साह्रै राम्रो दिने लोकप्रिय नारा दिने नाराभित्रबाट दमन गर्ने, आतंक मच्चाउने राज्यको चरित्र हुन्छ, यसलाई फासिवाद भन्ने गरिएको छ । यहाँ त फासिवादी रवैया भइहाल्ने भयो । हामी क्रान्तिकारी, माक्र्सवादी जो द्वन्द्ववादको दर्शन अख्तियार गर्दछौँ, खुसी पनि हुनुपर्छ किनभने दमनले प्रतिरोध निम्त्याउँछ, प्रतिरोधले विष्फोट निम्त्याउँछ भने एउटा फौजी विज्ञानमा भनाइ छ । अब शान्तिपूर्ण भेला सम्मेलन पनि गर्न नपाउने हो भने खोजेको के हो, जनताले प्रश्न गर्नुपर्छ । एमालेको एउटा बुद्धिजीवीको चर्चा छ, संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याइहाल्ने । भारतको निर्देशन नै त्यही हो भन्ने सञ्चार जगत्मा चर्चा पाइन्छ ।

प्रम हुनुअगाडि नै भारतीय विदेशमन्त्री डौडेर नेपाल आएर खड्क ओलीहरूलाई त्यो भनेको, फोरम र राष्ट्रिय जनता पार्टी तिमीहरू जसरी नै भए पनि जाऊ भनेको चर्चा पनि सुनिन्छन् । अहिलेसम्मको भारतको नेपालमाथि गलत रवैया कायम छ । छिमेकीलाई उत्पीडन गर्ने रवैया नफेरेको अवस्थामा सञ्चार–माध्यममा आएका कुराहरू सही नै हुन् । पहिचान खोज्नेहरूलाई समाप्त पार्दिने र त्यसपछि माओवाद खोज्नेहरूलाई तह लगाउन खोज्ने को–को हुन् ? माओवादी खोज्नेहरूलाई दमन गर्दाखेरि विप्लव नेतृत्वको नेकपा १ नं. पर्ने भइहाल्यो ।

अन्तमा 

मैले २०५० देखि एउटा कुरा नेपाली इतिहासको विशेषता सम्बन्धमा भन्दै आएको छु, त्यो बेला ‘नेपालमा राज्यक्रान्ति’ शीर्षकमा एउटा सानो पुस्तिका प्रकाशित भएको थियोे । ती हरेक १०÷१० वर्षमा नेपाल राष्ट्रिय घटनाहरू हुने गरेका छन् । क्रान्ति या प्रतिक्रान्तिको रूपमा सन् १९९७ मा ४ जना त्यो बेलाका नेताहरू सहिद हुनुभयो । त्यो नेपाली राजनीतिमा एउटा ठूलो घटना थियो । त्यसको १० वर्षपछि २००७ राणा शासन ढल्योे, संसदीय प्रजातन्त्र आयो । त्यसको १० वर्षपछि २०१७ मा त्यो प्रजातन्त्र गयो, राजाको पञ्चायती व्यवस्था आयोे । त्यसको करिब १० वर्षपछि २०२८ मा झापा विद्रोह भयो, त्यसले त्यो बेलाको संसद्‍मा प्रहार गर्‍यो । त्यसको १० वर्षपछि २०३६ र०३७ मा विद्यार्थी आन्दोलन निर्दल कि बहुदल भन्ने राष्ट्रिय जनमत–संग्रह भयो । त्यसको १० वर्षपछि २०४६ मा निर्दलीय व्यवस्था गएर संसदीय बहुदलीय व्यवस्था आयो । २०५२ मा नेकपा (माओवादी) ले जनयुद्ध उद्घोष गर्‍यो ।

२०५२ सालले नेपाली राजनीति इतिहासलाई मोड दिएपछि २०५६र०५७ हुनुपर्नेथ्यो, यद्यपि २०५८ सालमा दरबार हत्याकाण्ड भयो तर १९९७ को निरन्तरताको उपज मात्र थिएन, त्यो २०५२ सालको उपज थियो । मुख्य त २०५२ सालको १० वर्षपछि २०६२र०६३ मा ठूलो जनआन्दोलन भयो । नेपाली जनताको राष्ट्रियता, जनावाद, जनजीविका, सामाजिक न्यायसहितको समृद्धिको आकाङ्क्षा पूरा भएको छैन । यी संसद्वादीहरूले पूरा गर्ने कुरै भएन । त्यस अर्थमा हामीले सडकबाट विभिन्न क्षेत्रबाट निर्णायक संघर्षको तयारी गर्नुपर्छ ।

अन्तमा, कमरेड मोहन वैद्य, कमरेड विप्लवसँग नेकपा माओवादी केन्द्र पुनर्गठन अभियानको तर्फबाट अपील गर्न चाहन्छु कि हामी विभाजित भयौँ, त्यसपछि हेटौँडा एमाओवादीको महाधिवेशन भयो । त्यसले पुँजीवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको बाँकी कार्यभार पूरा गर्दै समाजवादको रणनीतिमा अघि बढ्ने भयौँ । त्यहाँ मेरो केही प्रश्नहरू थियो तर मैले त्यो बेला प्रचण्डद्वारा प्रस्तुत कार्य्दिशालाई समर्थन गरे किनभने जनयुद्ध र संविधानसभा लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली राजनीतिमासन् १९१७ को रुसको फेब्रुअरी क्रान्तिसरह भयो । पुँजीवादी क्रान्ति भयो । अब अक्टुबर समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने बुझाइलाई समर्थन गरे, त्यो सही लाग्छ । अब कमरेड वैद्य, विप्लव पार्टीका कमरेडहरूलाई लाग्न सक्छ कि नेपालमा के भयो ? विप्लव कमरेडहरूले यो संविधान र संसदीय व्यवस्थाको खारेजीको जो नीति लिनुभएको छ, यो विप्लवजीको नेतृत्वमा संयुक्त मोर्चा बनाऔँ, माओवाद मान्ने क्रान्तिकारीहरू र पहिचान पक्षधरहरूका बीचमा एउटा संयुक्त बनाऔँ । यो काममा पार लगाउने विप्लवजी नै देखिनुहुन्छ । यो मुद्दा–मामिलामा खारेजीको निम्ति यसलाई भनौँ । खड्क ओलीले एउटा भाषणमा वार्तामा आउनुपर्‍यो भने, वास्तवमा त्यो दमनको तयारी हो । यो फासिवादी षड्यन्त्र भनेर बुझिहाल्ने कुरा भइहाल्यो । ओली–प्रचण्डका सबै कुरा मान्न सकिन्न । चार पाँच वर्ष तयारी गरौँ । संयुक्त मोर्चा निर्माण गरौँ

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]