Dabali News

सिलाइ कटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर भए महिला

५ फागुन

काठमाडौँ । चुलोचौका घाँस दाउरामा सीमित दार्चुलाका महिला लुगा सिउने सीप सिकेर घरमै बसेर आम्दानी गरेका छन् ।

घाँस दाउरा गर्दै जीवन जीउने महिलाहरु अहिले सिलाइ कटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बनेका छन् ।

कोट, पाइन्ट स्काप र स्विटर सिलाउने तथा बुन्ने प्रशिक्षण लिएर अहिले मासिक बचतसमेत गर्न सफल भएका छन् ।

जिल्लाको नौगाड गाउँपालिका-३ की २१ वर्षीया पशुपति ठगुन्नाले घरको दैनिक कामसंगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिंदै आएको बताउ छिन् ।

बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन व्यस्त उनी सीप सिकेर व्यवसाय सञ्चालन गरेपछि अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको र अब केही गर्नुपर्छ भनि मनोबल बढेको बताईन् ।

सीपको आम्दानीले घर खर्च र ४ छोरा छोरीलाई राम्रैसंग शिक्षा दिइरहेकोले यसबाट आनन्द महसुस हुनाका साथै वार्षिक घरको खर्च सबै कटाएर १० हजार बंैकमा जम्मा गर्ने बताउँदै स्थानीय अल्लोबाट उत्पादन गरिएका कोट, पाइन्ट, स्काप, राडीपाखीको बजार खासै नभएको पनि बताउ छिन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]