Dabali News

हो म त्यही बेश्या हुँ

हरेक रात
मेरो शरिरको
नापतौल हुन्छ
मूल्य तोकिन्छ
मेरो शरीर बेचिन्छ
अनि, मेरो
न्वारन पनि गरिन्छ
नाम राखिन्छ
बेश्या !
प्रत्येक दिन
मेरो न्वारन हुन्छ
नाम तेहि जुर्छ
बेश्या !
ग्रह, दशा, नक्षत्र
कहिल्यै बद्लिदैनन
प्रत्येक दिन
नाम बेश्या नै हुन्छ
अब त
मेरो नाम राख्ने
पन्डितलाइ नि
सजिलो भैसक्यो
जति न्वारन गरे नि
नाम तेहि
बेश्या !
सायद
पन्डितलाई त्यो नाम
कन्ठ भैसकेको हुनुपर्छ
र त
उनलाई
मेरो नाम राख्न
केही सोच्नु पर्दैन
किन कि
ग्रह,दशा,नक्षत्र
सब पन्डितले चाहे जसरी नै चल्छन
नत्र भने
मेरो नाम
अरु पनि त
जुर्न सक्थ्यो ?
बारम्बार तेहि नाम
कसरी दोहोरिन्थ्यो ?
मेरो नाम
बेश्या राख्ने
तिनै पन्डितहरु
हरेक रात्री
आफ्नो यौन तिर्खा मेटाउन
मेरो ओछ्यान नै रोज्छन्
मेरो शरीर सङ्ग लडिबुडी खेल्छन्
मलाइ नग्न बनाउछन्
मानौं
म कुनै खेलौना हो
चिल्ला गाडीमा आउँछन
तिर्खा मेटाउछन जान्छन् उनिहरुको
समाजमा मान,इज्जत,प्रतिस्ठा छ
उनिहरु
यो समाजका
सभ्य, भलाद्‍मी
मान्छे अरे
अनि,

बेश्या !
मलाइ बेश्या भन्नेहरु नै ठुला ठुला
सभा,सेमिनारमा गएर
आदर्शका नारा घन्काउछन्
महिला जागरणका कुरा गर्छन्
त्यति मात्र हो र
नारीलाई देवीको उपाधी समेत दिन पछि पर्दैनन्
तिनै मिथ्या भासण फलाक्नु अघि आफैले
देवीको उपाधी दिएकी
नारीको शरीरको मूल्य तोकेर आउँछन्
हो म बेश्या हुँ !
नामै काफी छ
बेश्या,
न कुनै लाज
न कुनै सरम
किन लाज, सरम होस त मलाई ?
हरेक रात
तिमीहरु जस्ता ब्वासाहरु आएर मलाई नङ्याउँछौं
अनि मैले
लाज सरम पनि मान्नु पर्ने ?
नाङ्गिसकेकी मलाई
के को लाज
के को सरम ?
मलाई नङ्याउन
तिमीलाई त लाज, सरम हुनुपर्ने होइन र ?
नाङ्गिएकी बेश्याको अगाडि आफू पनि
नाङ्गिएको कसरी भुल्छौ तिमी ?
हो म
बेस्या हुँ !
तर
एक दिन
यहि बेश्याले
आफ्ना
जीवनका भोगाइहरुलाई
आफ्ना मनभित्र कुन्ठित भावनाहरुलाइ
कुनै कोरा कागजमा
उतार्ने हो भने
म दावाका साथ भन्छु
यो समाजका
हरेक पुरुष
ती कागचमा उतारेका
मेरा शब्दहरुलाई
पढ्न नसकेर मर्नेछन
पुरुष भएको
आत्मग्लानिले छ्हट्पटाउनेछन
समाजबाट
हरेक छोरिको
अस्तित्व नै
मेटिनेछ
हो म बेश्या हुँ
तर
त्यही बेश्याको
सामु आएर
नाङ्गिएर
उसैसङ्ग रात बिताउने
तिमी चाहिँ को ?
मेरो पहिचान
बेश्या हो भने
तिम्रो पहिचान के ?
मलाई बेश्या बनाउने को ?

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]