Dabali News

पर्यटनमन्त्री अधिकारीले दुर्घटनामा पर्नु केही समयअघि यस्‍तो भाषण गरेका थिए, भिडियोसहित

१५ फागुन

काठमाडौं । हेलिकोप्टर दुर्घटनमा परी मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको शबको पहिचान भएको छ । दुर्घटनास्थलमा जलेको अवस्था भेटिएको शवको पहिचान भएको हो । साथै उनका अंग रक्षक अर्जुन घिमिरेको पनि पहिचन भएपनि अन्य पाँच शव पूरै जलेको अवस्थामा भेटिको प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषद्‍को आकस्मिक रुपमा बसेको बैठकले पर्यटनमन्त्री अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाउने सरकारले निर्णय गरेको छ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने पनि सरकारले गरेको छ ।

दुर्घटनामा परी मृत्यु हुनुअघि पर्यटनमन्त्री रविन्द्र अधिकारीले गरेको भाषण

दुर्घटनामा परी मृत्यु हुनुअघि पर्यटनमन्त्री रविन्द्र अधिकारीले गरेको भाषण

Online Dabali यांनी वर पोस्ट केले बुधवार, २७ फेब्रुवारी, २०१९

बुधबार काठमाडौंबाट तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको बताए ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो । दिउँसो पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।

गृह मन्त्रालयले खराब मौसमका कारण दुर्घटना भएको बताएको छ । बुधबारै मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गर्दै गृह प्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताए ।

सुरुमा ठूलो अावाज अाएको र त्यसलगत्तै अागोको मुस्लो देखिएको स्थानीयले बताएका छन् । सुरुमा के भयो भन्ने अनुमान गर्न नसकेपनि पछि हेलिकोप्टर दुर्घटना भएको थाहा पाएका थिए । बुधबार दिउँसो घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ ।

यसैबीच एयरपोर्टको निरीक्षणको क्रममा मन्त्री अधिकारीले गरेको भाषण सार्वजनिक भएको छ । जुन सम्बोधन उनको जीवनको अन्तिम भयो । उक्त सम्बोधनमा अधिकारीले विकास र समृद्धिका कुरा गरेका छन् । जुन भिडियो सुरुमै छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]