Dabali News

प्रथम खोटाङ आइडल भए तेजकुमार राई

४ चैत

काठमाडौँ । प्रथम खोटाङ आइडल १६ वर्षीय तेजकुमार राई भएका छन् ।

दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा ४ जना प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम भएका छन् ।

आइडल बनेसँगै उनले नगद ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परे । पुरस्कार हात पार्नुका साथै उनलाई ६ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिएको छ ।

इटिसी मोबाइल सेन्टरले २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ । माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका-५, सप्तेश्वरका हुन् ।

कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन् ।

दोस्रो हुनेले नगद २४ हजार ५७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिएको छ ।

परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीद्वारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई २ हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौँ हुनेलाई व्यक्तिगत तर्फबाट नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

गत मंसिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]