Dabali News

एक दुखी आमाको गुहार-“मलाई मेरो बाबुका लागि सहयोग गर्नुस”

१३ फागुन

काठमाडौं । २७ वर्षिय शुष्मा शर्मा हाल काठमाडौंको जडिबुटीमा डेरा गरी बस्दै आएकी छिन् ।

उनको घर सर्लाही हो, उनीसँग ५ महिनाको बच्चा पनि छ । उनी काठमाडौं बसेको ३ वर्ष भयो, २ वर्ष आफ्नो श्रीमानसँगै १ वर्ष एक्लै तर अहिले उनलाई कहाँ जाने के गर्ने बच्चा कसरी बच्चा हुर्कउने निक्कै आप्थेरो परिस्थिमा गुज्रीरहेकी छिन् ।

पेटमा बच्चा ५ महिनाको हुँदा श्रीमान कोठा छोडेर गए तर अहिलेसम्म फर्केर नआएपछि उनी समस्यामा गरेकी हुन् ।

उनले भनिन्,“मलाई किन छोड्नुभयो केहि थाहा छैन, बस यती थाहा छ एउटा केटीलाई लिएर भारत तिर जानुभएको छ । मेरो ३ ओटा छोराछोरी छन् । जेठि छोरी १० वर्षकी छ, उ ५ कक्षामा पढ्छ कान्छी छोरी ८ वर्षकी छ, उ ३ कक्षामा पढछ ।”

आगाडी भनिन्, “मलाई मेरो श्रीमान छोडेर जादाँ मेरो बाबु ५ महिनाको पेटमा थियो, खानलाई केहि थिएन, भवन बन्दै गरेको ठाउँमा गएर कामका लागि हात बढाए, काम दिनुभयो, ३ महिना काम गरे, त्यहाँ देखि काम गर्न सकिन, केहि दिनमा बच्चा भयो, अहिले कामको खोजी गर्दै बच्चाको स्यहार गर्दै छु, मसँग केहि छैन यतीसम्म कि अहिलेलाई खाना बस्न ठाउँसमेत छैन । म समयमै रुमको भाडा तिर्न नसक्दाँ हिजो घरपेटि साहुले मेरो सबै समान बाहिर निकाली रुम लक गर्नभयो, राती बाहिरै बसे ।” भन्दै उनले सहयोगका लागि आग्रह गरिन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]