Dabali News

सर्वोत्कृष्ट चलचित्रसहित ‘ग्रीन बुक’ लाई ३ वटा अवार्ड

१३ फागुन

काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ ।

अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित चलचित्र ‘ग्रीन बुक’ उत्कृष्ट घोषित भएको हो ।

ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित ३ वटा अवार्ड जितेको छ । चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते ।

सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रहको छ । सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन् ।

उनी यो विधामा पहिलो पटक मनोनयनमा परेका थिए ।सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छिन् ।

यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् ।

कुआरोनले सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् । यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिगिना किङलाई दिइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]