Dabali News

बलिउड अभिनेता इरफान खानलाई ट्युमर

२ चैत

काठमाडौँ । बलिउड अभिनेता इरफान खानलाई न्युरो एंडोक्राइन ट्युमर रोग लागेको पुष्टि भएको छ ।

यसअघि दुर्लभ रोग लागेका खबर आइरहेका बेला इरफानले शुक्रबार ट्वीटर मार्फत आफू न्युरो एंडोक्राइन ट्युमरबाट पीडित भएको जानकारी गराएका छन् ।

उनले भने, यो यात्रा निकै अप्ठेरो छ । मेरा वरीपरी मानिसहरुको माया र हिम्मत छ, यसकारण म यो अप्ठेरो समयको सामना गर्न सकिरहेको छु । उपचारका लागि विदेश गइरहेको छु । मलाई विश्वास छ तपाईहरु मेरो लागि प्रार्थना गर्नुहुनेछ ।

न्यूरो सधै दिमागसँग मात्रै सम्बन्धित नहुने विश्वास गर्दै चाँडै नै अरु केही बताउन सक्ने बताइएको छ । यसअघि ५ मार्चमा उनले आफूलाई दुर्लभ रोग लागेको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी गराउने बताएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]