Dabali News

के हो कश्मीर समस्य ? किन समाधान हुँदैन ?

जन्नतको कुनै एक मन्जिल जमिनमा छ भन्ने जो कोही कश्मीर देखेको मानिसको उद्गार हो । हिउँको सेतो सिरकमा गुटमुट परेको पहाड, झिलमा शिकारीको आगमनसँगै स्वर्गको एक अनुपम दृश्य ! पहिलो नजर पर्ने बित्तिकै एउटा छुट्टै धर्मशास्त्र र काहानीमा सुनेको कुदरती मन्जिलको आभाष हुन्छ । आहा, त्यो सुनेको स्वर्गभन्दा कम छैन, जहॉ प्रकृतिको एक अनदेखि अनसुनि प्रमधाम यहि हो स्वर्ग ।

यी र यस्तै शब्द उपमाले परिचित भारत, पाकिस्तान र चीनको सीमामा अबस्थित यो भुमी पछिल्ला केहि वर्षमा आफ्नो परिचयमा बद्लाब ल्याएको छ । आज योसँग हत्या-हिंसा, युद्ध र आतंक-हमलाका शब्दले पु:न आफ्नो परिचय बिश्व मान चित्रमा ढलेको बासको टागो सरह पल्टि रहेको छ ।

सबै भन्दा पहिला यसको इतिहासको बारेमा एक नजर लगाउन उपयुक्त होला । जानकारी भएअनुसार सबैभन्दा पहिले यहाँ मउरियन एमपाएरले शासन सुरु गरेको देखिन्छ । चौंथो शताब्दीमा उनिहरुलाई पराजित गरेर कुसान शासकले शासन गरेका थिए । कुसानहरु बौद्ध धर्मालम्बी थिए र यीनले बुद्ध धर्म निकै फैलाएको देखिन्छ । पाँचौं शताब्दीमा कुसान शासकका कनिशका नामका शासकबाट हिन्दू शसकले कश्मीरलाई आफ्नो बनाए र पाँचौंदेखि चौधौं शताब्दीसम्म शासन गरे । चौधौं शताब्दीमा कश्मीरमा मुस्लिमहरुले आक्रमण गरे र शासन सत्ता आफ्नो हातमा लगेसँगै पूरै जनतालाई मुस्लिम बनाए । यो शासन ब्याबस्थालाई सल्तनत अफ कश्मीरको नामले चिनिन्छ । यो शासन झण्डै २०० बर्ष अर्थात चौधौंदेखि सौहौंसम्म चल्यो । १५८६ मा मुगलहरुले कश्मीरलाई आफ्नो बनाए, जुन अकबरको समय थियो ।

फेरि सन् १७५१ मा मुगललाई युद्धमा हराएर अफ्गानहरुले शासन गरे। १८१९ मा रंन्जित सिंह नामका सरदारले अफ्गानलाई हराएर शिखहरुको शसन ब्याबस्था चलाउन थाले । जब भारतमा इष्ट-इण्डिया कम्पनीका नामले ब्रिटिशहरु प्रवेस गरे त्यसपछि सन् १८४६ मा सिखलाई एंन्लो शिख वारना हराएर ब्रिटिशहरुले कश्मीरकै डोग्रा घरानालाई शासन सत्ता चलाउन दिए । यसो किन भने डोग्रा घराना पहिला सिखकै मुनि सानों ठाउँमा शासन गर्दथे र डोग्रा घरानाले सिख र ब्रिटिशको लडाईमा ब्रिटिशलाई सहयोग गरेका थिए तर ब्रिटिसले यसको बदला डोग्रा घरानाबाट ७५ लाख रुपैयाँ लिएको भन्ने भनाइ छ ।

अब सुरु हुन्छ कश्मीरको नयॉ कहानी । जब सन् १९४७ मा भारत ब्रिटिशबाट स्वतन्त्र हुन सुरु भयो । त्यतिबेला जिन्नाले (टु नेशन ) नामक कुरा अघि बढ़ाए र देश दुई भागमा बिभाजन गर्न महात्मा गान्धीलगायत लगभग पूरै नेता सहमत देखिन्छन् । त्योसँगै मुस्लिम बाहुल्यता भएको ठाउँ पाकिस्तान र हिन्दू बाहुल्य ठाउँ हिन्दूस्तान अथवा भारत भने भएपछि सानासाना ब्रिटिश शासको अधिनमा रहेका तर स्वतन्त्र संग्राममा भाग नलगेका राज्यहरु कोही पाकिस्तान त कोही हिन्दुस्तानमा बिलय भय तर कश्मीरका महाराजा हरि सिंहले आफु कसैसँगै नमिल्ने र स्वतन्त्र देश बन्ने निर्णय गरे । त्यसै समयमा कश्मीरमा शेख़ अब्दुल्लाको नेतृत्वमा नेशनल कन्फ्रेन्स पार्टी थियो । उनले कश्मीरमा प्राजातन्त्रको माग गरि रहेका थिए । यीनलाई भरतीय क्राग्रेसको समर्थन थियो । कश्मीरमा त्यो समयमा ७७ प्रतिशत मुस्लिम समुदाय भएको हुनाले जिन्नाले कश्मीरलाइ पाकिस्तानसँग मिल्न आग्रह गरि रहेका थिए तर हरि सिंहले त्यो कुरा मानेनन् ।

केही समयपछि हरि सिंहले पाकिस्तानसँग एउटा एग्रीमेन्ट गरे जुन (स्टाटस क्यूब)को नामले चिनिन्छ । उनि यस्तै एग्रिमेन्ट भारतसँग पनि गर्न चाहन्थे । यो ख़ास आफू स्वतन्त्र भएको भन्ने खालको एग्रिमेन्ट थियो । यहाँ तुरुन्तै के भयो भने केही पूर्व ब्रिटिश सेनामा कार्यरत पाकिस्तान समर्थक रिविलियन पुन्ज नामका सैनिकले हरि सिंहको बिरोध मात्र गरे । उनका सैनिकले ऊनिमाथी गोली वर्षायो, धेरै जनता मारिए । अनि यतासँगै जम्मूमा धार्मिक हिंसा भड़्कियो । जम्मूमा मुस्लिममाथि आक्रमण सुरु भयो । जम्मूका मुस्लिमहरु भागेर पाकिस्तान पुगे ।

माथिका दुई कारण देखाउँदै पाकिस्तान समर्थक सैनिक (NWFP) ले कश्मीरमा आक्रमण गरे । त्यो लगतै हरि सिंहले भारतसँग सहयोग मागे तर भारतले आफूले सहयोग गर्ने र भारतसँग गाँभिनु पर्ने भनेपछि हरि सिंह मन्जुर भए । सन् १९४७ अक्टोबर २६ मा हरि सिंह र भारतबीच एक इन्सुमेन्ट अफ एकसेक्सनमा हस्ताक्षर भयो । उता पाकिस्तानले यसलाई नमान्ने भने भन्यो । किनकी हरि सिंहलाई भारतले जबरजस्त सम्झौता गर्न लगाएको भन्ने उसको भनाई थियो । यता कश्मीरमा नेश्नलकन्फ्रेस पार्टीका नेता शेख़ अब्दुल्लालाई कश्मीरको अन्तरिम प्रधानमन्त्री बनाइयो र हरि सिंहको शासन समाप्त भयो । यहाँ एउटा कुरा महत्पूर्ण के थियो भने कश्मीरमा शान्ति स्थापनापछि जनमत गर्ने र निर्णय गर्ने कुरा इन्सुमेन्ट अफ एकसेक्सनमा उल्लेख थियो तर त्यो दिन कहिलै आएन ।

योसँगै अब नयाँ अध्यए सुरु हुन्छ । त्यपछि भारतले कश्मीरमा आफ्नो सेना पठायो । सन् १९४७-१९४८ को भारत-पाक पहिलो युद्ध सुरु भयो । यो लडाइँ निकै अग्लो हिमालयमा भएको थियो । लडाईसँगै भरत र पाकिस्तान दुबै सन् १९४८ जनवरीमा संयुक्त राष्ट्र संघ पुगे र यूद्ध रोक्ने सहमति गरे । त्यसलगत्तै संयुक्त राष्ट्र संघले कमिश्न फ़र इन्डिया एण्ड पाकिस्तान (UNCIP) नामक एउटा कमिटी गठन गर्‍यो । यो कमिटीका सदस्यहरुले भारत-पाकिस्तान र कश्मीर भ्रमण गरे छलफल गरे तर कुनै समाधान निकाल्न सकेनन् । त्यसपछि यूएनमा एउटा रेडुलेशन तयार भयो । यसको नाम रेजुलेशन ४७ तर यो बाध्यकारी थिएन । यो एउटा बुँदा पूरा भए अर्कों बुँदामा जाने भन्ने थियो । यसमा तीन कुरा उल्लेख थिए- पहिलो, पाकिस्तानले पूरै कश्मीरबाट सेना हटाउनु पर्ने, दोस्रो, भारतले पनि पूरै सेना हटाउनु पर्ने र तेस्रो, इन्डिभिजिवल जनमत गर्ने र त्यसको परिणाम नै अन्तिम हुने तर यसमा भारत-पाकिस्तान दुबै तयार भएनन् ।

सन् १९४८ मा भारत र पाकिस्तानबीच एउटा सिस फायर एग्रिम्न्ट भयो र जसमा सेना जहॉ छ त्यही बस्ने यसैलाई (LOC) भनिन्छ । यो वास्तवमा अन्तर्राष्ट्रीय सीमा होइन अन्तर्राष्ट्रीय सीमालाई (LAC) भनिन्छ । सन् १९६२ मा भारतसँगको युद्धमा चीनले कश्मीरको २३ प्रतिशत भूभाग लगिसकेको छ । हो त्यहाँ चाहिँ (LAC) छ ।

यहाँ एउटा अर्कों पार्टो छ, कश्मीरको आर्टिकल ३७० यो महत्पूर्ण छ । यो भारतीय संविधानमा समावेश गरेको आर्टिकल हो यसको ड्राफ़्ट शेख़ अब्दुल्ला र गोपाल स्वमीले गरेका थिए । यसमा निम्न कुराहरु छन्- कश्मीरको झण्डा अलगै हुने, कुनैपनि भरतीयले कश्मीरमा जमिन ख़रिद गर्न नपाउने, कश्मीरको संसदलाई बिशेष अधिकार हुने, कश्मिरी अदालत बिशेष रहने भन्ने उल्लेख छ । यहाँ बिभिन्न घटना क्रमहरु अधि बढ्दै गए । नेहरुको पालामा पाकिस्तानसँग यो बिषयमा धेरै पटक बार्ता नभएका पनि हैनन् तर जब नेहरुको मृत्यु भयो यो बिषय पूरै छायामा पर्यो । सन् १९४५३ मा शेखलाई बिभिन्न कारणले जेल समेत राखियो । दुइ पटक गरेर शेखलाइ १४ बर्ष भारतको जेलमा राखियो । १९७४ मा इन्दिरा-शेख़ एकड नामक बिषयमा समझौता भएपछि जेल मुक्त भए । उनको मृत्यु पछि सन् १९९० मा कशमीरमा चुनाबको बेला भयो ।

शेख़का छोरा फारुद अब्दुल्ला भारी मतले बिजय भए तर पूरै कश्मीरीले भारतीय कांग्रेससँग मिलेर चुनाव धाधली गरेको र कश्मिरी जनताको जनमतको अपमान गरेको भन्दै बिभिन्न प्रोटेक्शन समुहहरुको जन्मे । ति संगठनहरु आज़ाद कश्मीर, कश्मीर लिट्रेशन, हिजवुल्लाहँ र बिभिन्न भुमिगत संगठन अहिले सक्रिय छन् । सन् १९९० जनवरी १९-२० का दिन एकैरात ३ लाख कश्मिरी पण्डित कश्मिर छोडेर भगेका थिए । कैयौं कश्मिरी पण्डित यी संगठनबाट मारिए । यो घटनासँगै भरतले पूर्ण अघिकारसहित अर्धसैनिक बललाई कश्मिर पठायो । झन् रक्तपात बढ्यो ।

पाकिस्तानले कश्मीरमा प्रोटेक्शन गर्ने समुहलाई सहयोग गर्छ । यो कुनै शंका छैन तर भारतीय सेनाको ज़्यादती पनि काश्मिरीको लागि सही नसक्नु तथा दर्दनाक छ । कश्मिरीहरु दोहोरो मारमा छन् । उनिहरुलाई मानवको रुपमा होइन आतंककारीको रुपमा हेरिन्छ । त्यसैको पछिल्लो घटना हो पुलवामा । यहॉ बिभिन्न चरमपन्थि छन् । सँगै झण्डै ३-४ लाख भरतीय सेना । यो समस्या जस्तै छ । अहिले कश्मिरको ३७ प्रतिशत भाग पाकिस्तानसँग छ भने ४० प्रतिशत भारतसँग छ र बाँकी २३ प्रतिशत चीनमा बिलय भइसकेको छ ।

जबसम्म भारतले काश्मिरी जनतालाई मानवको रुपमा व्यवहार गर्दैन तबसम्म यो समस्याको समाधान हुँदैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]