Dabali News

कविताः माटोको रगत बिउँझ

दमनका पर्दा च्यात्दै
माटोका रगत बिउँझ
आरोहका सड.्गीतझैँ
निर्लज्ज आकाशका वादलहरू
असंख्य मान्छेहरू भिजाउँदै
अगाडि नबढे हुन्छ !
पाइलाहरू छेड्ने काँढाहरू
धर्तीमा नउम्रे हुन्छ
मैदानमा उभिएर ,कविता जन्मिन्छे
आँधी भएर
प्रगतिशील भित्र छिरेका
काँटीहरू निकाल्दै
माटाका रगत बिउँझ
आँखाका परेला उघार्दै
वर्तमान युग पढ
कुहिएका चेतनाका दुर्गन्धीहरू हटाउँन
विनाकारण माटो चिथरिरहने शासन
जिन्दगी स्विकार गर्दैन
धर्तीलाई टोकिरहने समय होइन यो
मान्छे टोकीरहेछ
माटो चिर्थनेहरूलाई
हामीले स्वीकार्नु हुन्न कदापी
षड्यन्त्र र बलत्कार बढीरहेछ
त्यसैले , अब
माटोका रगतहरू बिउँझ
विचारका विरूवाहरू निमोठ्नेहरू
प्रगतिशील बनिरहँदा
उनीहरूलाई नै हुर्काइ रह्यौँ
पीडा सहन बाध्य हामीहरू
लडाईँ लडिरहनु परेको छ
विष घाँसझैँ फैलिएका , मौलिएकाहरू
पीपजस्तै बगिरहेछन्
भविष्यमा आगो झोसेर
हाम्रो आँगन बालिरहेछन्
कीटाणुहरूले झैँ घेराहालेर
हाम्रो यात्रा रोक्दैछन्
हामीले बुझेनौँ भने
हाम्रा भूगोलहरू बरर्बादी हुनेछन्
एकपटक
माटाको रगत बिउँझ
यात्रा पूरा गर्न !

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]