Dabali News

युवा संगठनको अन्तरक्रिया कार्यक्रमले पश्चिममा दिएको उर्जा

नेपाली राजनितिक आन्दोलनका विभिन्न कालखण्डमा युवाहरूको विशेष भुमिका रहेको छ । त्यो २००७ सालको राणा विरोधी आन्दोलन, ०२८ सालको झापा विद्रोह , पन्चायतका विरुद्धको ०४६ सालको आन्दोलन । अझ भनौ ०५२ सालको ऐतिहासिक महान जनयुद्ध । यि सवै परिवर्तनकारी आन्दोलनका भ्रुणहरुमा जमेरै आन्दोलनमा भाग लिए युवाहरुले । केही आङ्सिक परिवर्तन भयता पनि आन्दोलन निस्कर्समा पुग्न नसकेको हामी सामु जगजाहेरै छ । युवाहरूको वलिदान, त्याग र तपस्या नेपाली हरेक आन्दोलनमा मुख्य रह्यो ।

युवा शक्ति भनेकै समाजको अग्रणी र आशा लाग्दो र भरोसाको पुस्ता हो, नयाँ सोच, आट र शाहसले भरिपुर्ण जागर राख्ने समाजको चेतना हो, मालेमावादी विचारले लैस शक्तिशाली अस्त्र पनि हो , हरेक युगको उदियमान शक्ति हो । त्यो यस्तो शक्ति हो हरेक खालका समाजमा हुने उत्पीडन र जन्जिरवाट समाजलाई मुक्त गर्ने आट राख्दछ तर विडम्बना पुजिवादी दलाल संसदिय व्यवस्थाका कारण नेपाली युवा शक्तिलाई निरासा, पलायनता र सामाजिक जीवन पद्धति भन्दा अन्यत्रै सोच्न वाध्य पारिएको छ । किनकी मक्किएको संसदिय व्यवस्थाले युवाहरुलाई व्यवस्थापन गर्न सकेको छैन, रोजगारीको ग्यारेन्टी र उचित खालको वातावरण सृजना छैन ।

नेपाली युवाहरूको दक्ष श्रम विदेशी पुजीवादी देशहरूमा चाहेर या नचाहेर वेच्न वाध्य पारिएको छ । मानौ नेपाल मानविय श्रम उत्पादन गर्ने देश भएको परिचय विश्वसामु स्थापित भएको छ यो संसदिय व्यवस्थाका कारण । आजका युवाहरुले यो व्यवस्थाको गलत र अवैज्ञानिक युवाहरुको व्यस्थापनका कारण पराधिनता र अपमानित जीवन विदेशका गल्लीमा आफ्नो अमुल्य श्रम र पसिना सस्तो मुल्यमा वेच्नु पर्ने असाध्यै कष्टकर जीवन विताउनु परेको छ । आन्दोलन र परिवर्तन निस्कर्समा नपुगेकै कारण र नेताहरुको आत्मसमर्पण र विदेशीको गुलामी वनेर सत्ता संचालन गरेकै कारण सवै भन्दा युवाहरु वेचैन, अभाव र परनिर्भरतामा वाच्नु परेको अवस्था छ ।

अन्तरक्रिया कार्यक्रमको उद्देश्य
नेपाली क्रान्तिकारी आन्दोलन सम्झौता,सहमति र नेताहरुको सिमित चाहानामा आन्दोलनहरुलाई विचैमा टुङ्ग्याईएको तथ्य युवाहरुले वुझ्नु पर्दछ । ०७ सालको क्रान्ति तृपक्षिय सम्झौता , ०२८ सालको झापा विद्रोह संसदवाद र राजा, दशवर्सको महान जनयुद्ध दिल्ली, संसदवाद र १२ वुदेमा टुङ्ग्याइयो । वाहिय भन्दा आन्तरिक विचलनकै कारण आन्दोलन योजनावद्ध क्रान्तिकै नारा घन्काउदै तुहाइयो र नेपाली जनतामाथी पट्क पटक कुठाराघात भयो । जनतालाई साथ लिदै जनतालाई नै फेरि धोका दिने इतिहास नेपाली राजनितीको हो ।

आन्दोलन र परिवर्तन केवल सरकार, मन्त्री , वालुवाटार र सिंहदरबारमा पुग्ने खुड्किलो मात्रै भयो र त्यसैलाई नै विचलित नेताहरुले आन्दोलनवाट उपलब्धि परिवर्तन ठाने अथवा पुरानै व्यवस्थामा नयाँ पात्र र सरकारमा जानुलाई ठुलै आन्दोलनको उपलब्धिलाई वुझ्ने गरे यहि वुझाईले आजको नेपाली जनता र युवाहरुको भविष्य अन्धकार हुन पुगेको छ । समाजमा स्वभाविक हुने परिवर्तन र विकाश भइ नै हाल्छ र भएको हुन्छ । तर कुन विचार,राजनिति, र वर्ग संघर्सले कुनतहमा आमूल परिवर्तन र विकाश भयो भन्ने तहमा कम्युनिस्टहरुको समिक्षा र आलोचित भएको पाईदैन ।

हामि कम्युनिस्ट युवाहरुले विभिन्न समय र कालखण्डमा थालिएका परिवर्तनकारी आन्दोलन कसरी भए ? किन टुङ्गिय, समस्या कहानेर हो, नेताहरुको त्रुटि केहो, अब के गर्ने ? भन्ने विभिन्न विसयमाथी हामी युवाहरुले आम नागरिक , राजनितीज्ञ, देशभक्त, वुद्धिजिवी , पत्रकार , किसान, मजदुर र मध्यमवर्गीय पक्षसङग पनि युवाहरुले वहस , विमर्श गर्दै र शिक्षालिदै युवाहरुले अध्यन गरौ न त भन्ने हेतुले कार्यक्रम ठोस भयो ।

पहिलो, आजको पुजिवादी व्यवस्थाले कम्युनिस्ट भन्नेलाई पनि अङगालो मार्दै सहयात्री वनाएको छ जस्तै केपि- प्रचण्डलगायत यहि सामाजिक दलाल संसदिय व्यवस्था मान्ने नामधारी कम्युनिस्टहरुको भण्डाफोर गर्नु थियो र कम्युनिस्टको यो व्यवस्था होईन वास्तविक कम्युनिस्टको वैज्ञानिक समाजवाद- साम्यवाद हो भन्ने विचार तल लानु थियो ।

दोश्रो, दशवर्स जनयुद्धका उपलब्धि र जनयुद्धलाई विसर्जन गरेका प्रचण्ड र वावुरामको वेइमानि थियो प्रचण्डको आत्मसमर्पणवाद , संसदवाद र वावुरामको विसर्जनवाद, राजनैतिक र वैचारिक अवसानको खण्ड्न नागरिक सामु गर्नु थियो ।

तेस्रो, जनयुद्धको कार्यदिशा पनि साम्राज्यवादले प्रति जनयुद्धको विकाश गरेको र जनविद्रोहको कार्यदिशामा पनि प्रतिजनविद्रोहको विकाश गरेको हुनाले अब नेपाली क्रान्तिको मौलिक कार्यदिशा एकीकृत जनक्रान्ती नै सहि र वस्तुवादी भएको किसान, मजदुर र मध्यमवर्ग मिलेर लड्ने जनयुद्धकै विकसित कार्यदिशा एकीकृत जनक्रान्तिका विशेषतालाई प्रस्ट पार्नु र अवको वैज्ञानिक समाजवादमा जाने मुल वाटो हो भनी स्पस्ट पानु थियो ।

चौथो, अहिले व्याप्त भ्रष्टाचार , असुरक्षा, रास्ट्र्घात , वेरोजगारी , कमिसन कालोवजारी वलत्कार र अविश्वास वढेको छ साथै नामधारी कथित कम्युनिस्टको नारा समाजवाद, शान्ति, समृद्धि र स्थायित्व यो सवै भ्रम र सरकार टिकाउने खेल भएको यो व्यवस्था रहुन्जेल यी सवै झन वढ्दै जाने र यी सवै हुनुमा व्यवस्थानै खोट भएको हुनाले विकल्पमा अनिवार्य वैज्ञानिक समाजवाद चाहिने र शान्ति, समृद्धि र समानता वैज्ञानिक सामाजवादमा मात्र हुने विचार लिनमा ठूलो भुमिका रहयो ।

पाचौं, २४ औं जनयुद्ध दिवशको अवसरमा महान सहिद, वेपत्तायोद्घा ,घाइतेयोद्घा, सहिद परिवार र जनयुद्धमा योगदान पुर्याउनेलाइ सम्झिने र शहिदको सपना, जनयुद्धमा खाएका कसम पूरा गरि छाड्ने प्रतिवद्घता र विश्वास दिलाउनु थियो ।

छैठौं, परिवर्तनकारी आन्दोलनमा हर हमेसा युवाहरु नै मुख्य भुमिकामा रहने हुनाले नेकपाको युवा संगठन नेपाल अहिले पनि समाजमा हुने सवै खालका अन्याय र अत्याचार , रास्टियता र स्वाधीनताका लागि र सामाजिक दलाल पुजीवादी सत्ताका विरुद्ध र जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न निरन्तर संघर्स गरिरहने भएकाले साथ दिन अनुरोध गर्नु थियो ।

२४ औ जनयुद्ध दिवशको अवसरमा “दशवर्से जनयुद्ध, एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुको भुमिका” विसय लिएर वैतडिको गोठालापान , कंचनपुरको भिमदत्तनगर, कैलालिको अत्तरिया , वाकेको कोहोलपुर , कालिकोटको, मान्मा , अछामको विनायकमा अन्तिम अन्तरक्रिया कार्यक्रम सपन्न भयो ।

निश्कर्स;
अहिले सम्म कुनै पनि राजनैतिक पार्टीमा आवद्ध युवाहरुले अन्तरक्रिया गरेको देखिएन गर्ने कुरा पनि भएन हिम्मत पनि राख्ने भएनन । पहिलो हाम्रो युवा संगठन नेपाल , पश्चिम कमाण्डले गर्यो र यो नयाँ पनि थियो विसयवस्तु पनी सान्दर्भिक भएको एक खालको विचार उठेको वक्तावाट सुन्न पाइन्थ्यो भने प्राय वक्ताहरूले यो व्यवस्थाले नागरिकका समस्या सामाधान गर्न नसकेको, सरकारको अविस्वास वढदै गएको, दुईतिहाइ को सरकारले सिन्को नभाचेको र पुरै असुन्तुस्टी वाहेक अरु केही थिएन भनौ राज्य छ या छैन मसुस नभएको प्रतिक्रिया सुन्न पाइयो ।

तपाईको क्रान्ती ठिक छ साथ दिन्छौ धोका नहोस प्रचण्ड- वावुराम जस्तै क्रान्तिको जिम्मा युवाको हो आट गर्नुहोस युवा संगठन नेपाल र तपाईको पार्टिलाई शुभकामना छ क्रान्तिको खाचो छ जो तपाईको पार्टी र विप्लवले आट गर्नु भएको छ । हामिले वुझ्यौ कि वास्तवमा एकीकृत जनक्रान्तिको कार्यदिशा सहि र वस्तुवादी भएको निस्कर्स निकाल्यौ, थप जिम्मेवारी र हामिलाई उर्जा प्राप्त भयो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]