Dabali News

राधालाई ‘बोक्सी’ भन्दै यातना दिनेविरुद्ध बनेको गीत भाइरल, लाखौंका अाँखा रसाए

१ चैत्र

काठमाडौं । कैलाली घोडाघोडी नगरपालिकाका सामाजिक कलंकको रुपमा घटेको बोक्सी घटनाका पीडकलाई काडा भन्दा कडा कारवाहीको माग अाम बनेको छ । स्थानीय राधा चौधरीलाई स्वघोषित ‘भोलेबाबा’ रामबहादुर चौधरी र उनका सहयोगले लगातार ६ घण्टासम्म चरम यातना दिए ।

राधाका सबै अंगहरुमा लात्ती र मुड्‍की बर्जादासमेत गाउँहरु रमिते बनिरहे । हाम्रो समाज । देशभर अरु महिला दिवस मनारहँदा राधा भने यातना पाइरहेकी थिइन् । सहयोगको लागि चारैतिर हेर्छन् तर कसैले पनि उनको पक्षमा बोलेनन् । यतिसम्मकी उक्त नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले झन् घटनालाई लुकाउने प्रयास समेत गरे । प्रहरीले रामबहादुर पक्राउ गर्दा छुटाउन गए ।

फागुन २४ गते घटेको घटना २५ गते मात्रै संचारमाध्यमहरुमा अायो । चौतर्फी दवावपछि प्रहरीले घटनामा संलग्न रामबहादुर र उनका सहयोगीलाई पक्राउ गरेको छ । राधा अझै अस्पतालमै छन् ।

राधाको न्यायको लागि र दोषीलाई कारवाहीको लागि थप दवाव दिने उद्देश्यले गीत बजारमा अाएको छ । लाखौले हेरिएको गीतले सबैको मन छोएको छ ।

यस्तो छ गीत 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]