आज :

जनयुद्धका बाल कलाकार पर्वतमाथि सांघातिक आक्रामण, चौतर्फी विरोध

धनगढी । कलाकार पर्वत विश्वकर्मामाथि सांघातिक आक्रमण भएको छ । कैलालीको धनगढीस्थित आफ्नै दोहोरी साँझा प्रवेश गरी एक समूहले उनीमाथि रड र छुरा प्रहार भएको हो ।

पर्वतका जनयुद्धकालिन सहकर्मी तथा कलाकार डम्बर रोकायका अनुसार धनगढी बसपार्क नजिकै रहेको ‘साथी भाई दोहोरी साँझ’ मा एक्कासी प्रवेश गरेको युवाहरुको एक समूहले विश्वकर्मामाथि आक्रमण थियो । अन्धाधुन्धा रड र छुरा प्रहार गरी उक्त समूह भागेको थियो ।
कलाकार विश्वकर्माको अवस्था खतरामुक्त भएपनि आँखा-कानको साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको छ ।

गायन तथा मोडलिङ क्षेत्रमा राम्रो पकड जमाउँदै आएका विश्वकर्मामाथिको आक्रमणको चौतर्फी विरोध भइरहेको छ । पर्वतको उपचारसँगै दोषीलाई कारवाहीको माग गरिएको छ ।

कलिलो उमेरमै २०५७ सालका कात्तिक २८ गते ११ वर्षको उमेरमा जनयुद्धमा पूर्णकालिन भएका पर्वतले धेरै पश्चिम नेपालका धेरै गाउँबस्तीमा पुगेर जनताको मुक्ति र अधिकारका गीत गाएका छन् ।

जनयुद्धका बाल कलाकार पर्वत विश्वकर्मा सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal