Dabali News

अर्थमन्त्री डा. युवराज खतिवडा आज भारत जाँदै

३० फागुन

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा आज भारत भ्रमणमा जाँदै छन् ।

१ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ ।

भारतको हरियाणास्थित गुरुग्राममा हुने प्रतिआतंकवाद सम्मेलन २०१८ मा भाग लिन खतिवडा दिल्ली जान लागेका हुन् । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको बताइएको छ ।

३ दिने सम्मेलनलाई मुख्यवक्ताको रुपमा सम्बोधन गर्ने, कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका नजिकका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा भाग लिएर भोलि नै नेपाल र्फकने छन् ।

सूचना प्रविधिका कारण मौलाउँदो आतंवादको नयाँ स्वरुपबारे अर्थमन्त्री खतिवडाले कि नोट स्पीकरका रुपमा सम्बोधन गर्ने बताइएको छ । आतंवादविरुद्ध नेपालले लिएको नीतिबारे विश्व समुदायलाई जानकारी पनि दिने छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]l.com
[email protected]