Dabali News

राष्ट्रपतिमा भण्डारीलाई दुई तिहाई मत, कुमारी लक्ष्मीलाई पनि सम्मानजनक

२९ फागुन

काठमाडौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारी दुई तिहाई मत ल्याएर विजयी भएकी छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

मं‌गलबार भएको चुनावमा नेपाली काँग्रेसकी कुमारी राज्य राईलाई पराजित गर्दै भण्डारीले दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएकी छन् ।

भण्डारीलाई मधेसी दलसँगै राप्रपाले समेत भोट हालेको थियो । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सांसद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

त्यस्तै काँग्रेस उम्मेदवार राईले भने ११७३० मत पाएकी छन् । उनलाई ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । सांसदले नै हालेको मत नै बदर भएको छ । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत हाल्न जानेन् ।

नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टी राष्ट्रपति चुनावमा भाग लिएनन् । पहिलो कार्यकालको लागि ११ कात्तिक २०२७ मा नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने छन् ।

संसदको सबैभन्दा ठूलो र तेस्रो ठूलो पार्टीबीच भएको चुनावी तालमेल र केही साना दलहरुले विद्यादेवीलाई भोट हालेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]