Dabali News

क्रान्तिकारी माओवादीको कार्यक्रममाथि हस्तक्षेप, वैद्य फर्केपछि प्रहरी पुग्‍यो 

२९ फागुन

हेटौडा । नेकपा (क्रान्तिकारी माओवादी) को राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पार्टी निकट युवा संगठनको राजनीतिक प्रशिक्षण कार्यक्रममा मकवानपुर प्रहरीले हस्तक्षेप गरेको हो ।

मकवानपुरको गुम्बाडाँडास्थित हर्नामाडी कला प्रतिष्ठानमा पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले सोमबार उद्घाटन गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए। युवा लिगको प्रदेश–३ कमिटीको आयोजना कार्यक्रममा चार दर्जनजति युवाहरु सहभागी थिए ।

मंगलबार विहानै प्रहरीको एक टोली कार्यक्रम स्थल पुगेको थियो । मकवानपुरका एसपी विकासराज खनालको नेतृत्वमा गएको प्रहरीले खान तलासी समेत गरेको थियो । स्थानीयलाई त्रास-सिर्जना हुनेगरी युवाहरुले लाठी प्रयोग गरेको भन्दै प्रहरीले छापा मारेको हो ।

महासचिव वैद्य कार्यक्रम उद्‍‍घाटन गरेर फर्केपनि नेताहरु दिनेश शर्मा, हस्तबहादुर केसीलगायत कार्यक्रमस्थलमै थिए ।

लाठीसहित परेड खेलेको सूचनाको अाधारमा कार्यक्रमस्थल पुगेको प्रहरीले बताएको छ । कार्यक्रमस्थलमा रहेका लाठी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]