Dabali News

दोषीलाई कारबाहीको माग

२९ फागुन

काठमाडौँ । बलात्कारमा संलग्नलाई अविलम्ब कारबाहीको माग गर्दै विरोध प्रदर्शन भएको छ ।

पुल्चोक इञ्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्नलाई अविलम्ब कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै क्याम्पसका विद्यार्थीले यौनशोषण रोक्न खबरदारी तथा धर्ना दिए । १० बजेदेखि शुरु गरिएको धर्ना १ घण्टापछि विद्यार्थीले आसपास क्षेत्रमा पैदलयात्रा गरी महिलाहिंसा विरुद्ध लेखिएका प्लेकार्ड लगायत विभिन्न सन्देशमूलक सामग्रीसहित प्रचार गरेका थिए ।

पछिल्लो समय महिलामाथि बलात्कार, कुटपिटजस्ता अनेकौं हिंसा बढ्दै गएकोमा सामाजिक विकृति विरुद्ध समाजका सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

कैलालीमा हालै बोक्सीको आरोपमा बालिका कुटपिट गर्ने दोषीलाई समेत कडा कारबाहीको माग गर्दै समाजलाई दुरगामी प्रभाव पार्ने घटनालाई कसैले पनि राजनीतिक हस्तक्षेप गर्न नहुने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]