Dabali News

पार्टीमा दण्डहीनता मौलाएको एमालेको ठहर

२९ फागुन

काठमाडौँ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्य उपर छानविन नहुँदा दण्डहीनता मौलाएको बताएको छ । वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठक समेत राम्ररी नभएको जनाएको छ ।

जारी विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको बताइएको छ । तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलाप, घात–अन्तरघात जस्ता अवाञ्छित कार्यको छानबिन भई कारवाही हुनु पर्नेमा अनेकौँ बहानामा पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गरेको छ ।

बैठकले सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियु जस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेको बताइएको छ ।

केही समयदेखि देशका विभिन्न भागमा बलात्कार हत्या र बोक्सी आरोप जस्ता जघन्य सामाजिक अपराधका घटना शृङ्खलाबद्ध बढिरहेकामा बैठकले दुःख व्यक्त गरेको छ । आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयन समेत गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]