Dabali News

७ महिनामा १ हजार ७९ मेट्रिक टन माछा आयात

२९ फागुन

काठमाडौँ । भारतबाट विगत ८ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा १ हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ ।

सिद्रा माछा १४.६ मेट्रिक टन, एक्युरियम माछा ३ हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए । सो अवधिमा १० हजार ९६६ वटा सँुगुर, १ हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी १ हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ ।

भारतबाट माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए ।खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए ।

रहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]