आज :

ट्रक दुर्घटनामा २ को मृत्यु, १ जना घाइते

सप्तरी । आज बिहान अग्निसाइर कृष्णसवरण गाउँपालिमा ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका-८ का २५ वर्षिय भरत तामाङ र उदयपुरका २१ वर्षिय अशोक लामा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका-८ का २१ वर्षिय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं.को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal