Dabali News

कार दुर्घटना १ को मृत्यु, ३ जना घाइते

२९ फागुन

चितवन । चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नं.को कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा बिहान ३ बजे भएको दुर्घटनामा २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्स भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते छन् । रोक्काको अवस्था गम्भीर छ । तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]