Dabali News

नेपाली मालबाहक कन्टेनरमा सिस्टम–इसिटिएस लागू हुने

२९ फागुन

काठमाडौँ । भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम–इसिटिएस लागू हुने भएको छ ।

कोलकाता बन्दरगाहमा आइपुग्ने नेपाली मालबाहक कन्टेनरको सिलमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस आरएफआइडी नामको सानो यन्त्र जडान हुने छ । यसको माध्यमले भारतीय भन्सार, नेपाली भन्सार र आयातकर्ताले आफ्नो ठाउँमै बसेर कन्टेनरको अवस्थितिबारे जानकारी लिन सक्छन् ।

कन्टेनर बाटैमा खोल्न चाहेमा पनि सोको सूचना तुरुन्त यन्त्रको माध्यमबाट आउने छ । नेपाली कन्टेनरको मालसामानमा भारतीय भूमिमा कसैले हात हाल्न चाहेमा तुरुन्तै प्रहरीको फन्दामा पु¥याउन यन्त्रले मद्दत गर्ने छ ।

सानो यन्त्रमा सम्बन्धित कन्टेनरको सबै विवरण हुन्छ । नेपाली कन्टेनर ठाउँठाउँमा अनावश्यक रुपमा अड्किने समस्याबाट छुटकारा मिल्ने अपेक्षा गरिएको छ । नेपालका लागि आयातित वस्तु भारतीय बजार माफियाको हातबाट त्यही खपत गरी भारतीय राजस्व गुम्ने समस्याबाट भारतीय पक्ष पनि निर्धक्क बन्ने छ ।

लागू गर्ने विषयमा विगतदेखि नै छलफल हुँदै आएको थियो । यसपटक कोलकाता बन्दरगाह भएर आउने कन्टेनरमा त्यहाँस्थित भारतीय भन्सारले नमूनाका रुपमा परीक्षण गरिरहेको छ । नेपाल आउने १५ कन्टेनरमा यो लगाइएको छ । नेपाली कार्गोलाई भारतमा भन्सार प्रक्रियाबाट मुक्त गर्न अवाज उठिरहेका बेला आएको यो विद्युतीय कार्गो निगरानी प्रणालीले यसमा सघाउ पुर्याउने बताइएको छ ।

रेलबाट हिँड्ने कन्टेनरको गन्तव्य नेपाल सुनिश्चित भएकाले त्यसमा न्यून मात्र भन्सारका औपचारिकता पूरा गरे पुग्ने व्यवस्था गर्न भारतीय पक्ष तयार रहेको बेला सडक मार्गबाट आउने कार्गो अझैसम्म समस्याको रुपमा थियो । यो प्रणाली लागू भएपछि सडकबाट आउने कार्गोको हकमा पनि भन्सार औपचारिकता न्यून पार्ने आधार बन्न लागेको छ । परीक्षण अवधिपछि यो प्रणाली रेलबाट आउने र सडकबाट आउने दुवै किसिमको कार्गोमा लागू हुने बताइएको छ ।

आरएफआइडीमा कम्प्युटरको माध्यमले कन्टेनरको सम्पूर्ण विवरण भरिन्छ । उक्त यन्त्र इन्टरनेटको जिपिएस भूमण्डलीय अवस्थिति सेवामा सम्पर्क स्थापित गराइएको हुन्छ । कोडहरु आयातकर्ताले प्राप्त गरेको हुन्छ र आफ्नो कार्यालय वा घरमै बसी आफ्नो मालसामान बोकेको कन्टेनरको अवस्थिति पत्ता लगाउन सकिने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]