Dabali News

यी हुन् बंगला विमानकी मुख्य पाइलट, जो गम्भीर घाइते छन्

२९ फागुन

काठमाडौं । सोमबार दिउँसो बंगलादेशी विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । जसलमा ३३ जना नेपाली सवार थिए । दुर्घटनामा २२ नेपालकी मृत्यु भएको छ भने ११ घाइते छन् । मृत्यु हुनेमा १३ जना एमबीबीएस पढाइ सकेर स्वदेश फर्कदै गरेका नेपाली विद्यार्थी छन् ।

अवतरणको क्रममा कन्ट्रोल रुप र पाइलटबीच भएको संवाद पनि सार्वजनिक भएको छ । उक्त विमानको चालक बंगलादेशी नागरिक पृथुला रसिद थिइन् । गम्भीर घाइते पृथुलाको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतको नर्थ साउथ बिश्वबिद्यालयमा पाईलटको कोर्स पुरा गरेकी रसिदले एरीराङ फलाईङ स्कुलबाट विमान उडानसम्बन्धी तालिम पुरा गरेकी बताइएको छ ।

यूएस बंगला एयरलाईन्सको फस्ट क्लास अफिसरको रुपमा कार्यरत पाइलट पृथुलाले धेरै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेकी थिइन् । उनले अाइतबार मात्रैा बंगालदेशबाट इथियोपियाको उडान भरेर फर्केकी थिइन् ।

दुर्घटनामा मुत्यु हुने नेपालीहरुः

शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा. बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मृतकमध्ये  एञ्‍जिला श्रेष्ठ, अल्जना बराल,अाश्‍ना शाक्य, श्‍वेता थापा, निगा महर्जन, सञ्‍जय महर्जन, चारु बराल, मिली महर्जन, संजय पौडेल सरुना श्रेष्ठसहित १३ जना एमबीबीएस अध्ययन पूरा गरेर फर्कदै गरेका नेपाली विद्यार्थी हुन् ।

त्यसैगरी घाइतेहुनेहरुको नाम र उपचाररत अस्पतालः

घाइतेमध्ये किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, विनोद पौडेल, दयाराम ताम्राकारको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । वसन्त बोहरा, आशिष रञ्जित, सनम शाक्यको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।

केएमसी सिनामंगलमा प्रिन्सी धामी र सबिना व्यञ्जनकारको उपचार भइरहेको छ । त्यसैगरी केशव पाण्डे मेडिसिटी अस्पताल नख्खु र दिनेश हुमागाईँको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]