Dabali News

सनम शाक्यको घटना लगतै अर्का व्यवसायीको अपहरणपछि हत्या

२९ फागुन

काठमाडौँ । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ ।

१ साताअघि बेपत्ता भएका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी सदस्य हुन् । संघका झापा अध्यक्ष राजु धमलाले दिएको जानकारीअनुसार उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको हो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । शवलाई पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको छ ।
पक्राउ परेकाहरुले दिएको बयानका आधारमा मुखियाको शव खोज्दै प्रहरी टोली कोल्बुङ पुगेको थियो ।

उनको दुवै हात बाँधेको अवस्थामा शव भेटिएको घाँटीमा पनि डोरी कस्सिको डाम रहेको बताईन्छ । मुखिया ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्के त्यसपछि उनी बेपत्ता थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]