Dabali News

युनिभर्सिटी क्रिकेट कपमा टियु र गोल्डेनगेट विजयी

२९ फागुन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र गोल्डेनगेट इन्टरनेसनल कलेजले युनिभर्सिटी क्रिकेट कपमा विजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टियुले ट्रिटन कलेजलाई २४ रन तथा गोल्डेनगेटले सेन्ट जेभियर कलेजलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको टियूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो । १ सय ६७ रनको लक्ष्य पछ्याएको ट्रिटनले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो । ट्रिटनका लागि भिम एसकेले अविजित ५१ रन बनाउँदा ओपनर दीपेन्द्र चन्दले १६ र हेमन्त कार्कीले २२ रन जोडे । टियुका लागि छितिज सिंहले ३ विकेट लिए भने सागर ढकालले २ र रुपेश श्रीवास्तवले १ विकेट लिएका थिए ।

टियुका लागि इसान पाण्डेले अविजित ५५ रन बनाए । इसानलाई पृथु बास्कोटाले ३८, सुवास खकुरेलले २४ तथा रविन जोशीले २० रन जोडेर साथ दिए । ट्रिटनका लागि अविनाश अधिकारीले ३ विकेट लिए । प्रतिश जिसी, भिम एसके र यज्ञमान कुमालले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको गोल्डेनगेटले २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य पछ्याएको सेन्ट जेभियरले १८ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र जोड्यो । गोल्डेनगेटका लागि नरेश बुढाऐरले ९६ रनको योदान गरे । ६२ बल खेलेका नरेशले ११ चौका र २ छक्का प्रहार गरे । सुशान्तसिंह थापाले ३२ रन जोड्दा, सञ्जय श्रेष्ठले ४ तथा भूपेन्द्र थापाले अविजित ४८ रन बनाएका थिए ।

रविकुमार शाह ४ तथा संजय श्रेष्ठले ३ विकेट लिएपछि सेन्ट जेभियरले १८ ओभरमा सबै विकेट गुमायो । सेन्ट जेभियरका अनुपसिंह न्यौपानेले ४६ रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

गोल्डेनगेटका रविकुमार र संजयबाहेक पुष्प थापाले २ र साहब आलमले १ विकेट लिए । प्रतियोगितामा मंगलबार न्यु समिट कलेजले कसमससँग र टियू ‘ए’ ले क्यारेवियन कलेजसँग प्रतिस्पर्धा गर्ने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]