Dabali News

धनसराको उपचारमा जनप्रगतिशील मोर्चा कतारले गर्‍यो सहयोग

२९ फागुन

काठमाडौं । धनसरा बिकको उपचारको लागि कतारमा रहेका नेपालीहरुले सहयोग जुटाएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिशील मोर्चा कतारको अगुवाइमा जुटेका सहयोग हो ।

मोर्चाका सल्लाहकार संयोजक रमेश गिरीका अनुसार वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका मोर्चा अावद्ध नेपालीहरुबाट जुटेको २० हजार सहयोग रकम मंगलबार शारदा गिरीमार्फत बिरामीका अाफन्तलाई हस्तान्त्रण गरिने भएको छ ।

मोर्चाले नेपाल र कतारमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै अाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका युवा नेता बि बि खरालले पनि धनसराको उपचारमा सहयोग गर्ने बताएका छन् । हाल कतारमा रहेका प्रवासी नेता खरालले सहयोग स्वरुप १५ हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन् । उनले थप सहयोग जुटाउन पहल थालेका छन् ।

त्यस्तै मलेसिलयास्थित नेपालीहरुले पनि धनसराको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम जुटाइरहेका छन् ।

सानै उमेर जनयुद्धमा पूर्णकालिन हुँदै लामो समयसम्म जनमुक्ति सेनामा रहेर धेरै मोर्चामा लडेका जीवन कुमार बिककी श्रीमति धनसराको अार्थिक अभावकै कारण लामो समयदेखि उपचार गर्न सकेका छैनन् ।

तत्कालिन जनमुक्ति सेनाका कमाण्डर पासाङदेखि गृहमन्त्री बादललाई भेटेर पनि सहयोग नगरेपछि सार्वजनिक रुपमा सहयोगको लागि अनुरोध गरेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]