Dabali News

अाज राष्ट्रपति चुनावः भोजपुरे दुई चेली मैदानमा, भण्डारीको जित निश्‍चित

२९ फागुन

काठमाडौं । अाज राष्ट्रपतिको लागि चुनाव हुँदैछ । नयाँ राष्ट्रपतिको लागि नेकपा एमाले-माके गठबन्धनबाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेस कुमारी लक्ष्मी राईबीच प्रतिस्पर्धा हुँदैछ ।

मंगलबार विहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन अायोगले जानकारी दिएको छ ।  काठमाडौं, फागुन २९ – संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि मंगलबार चुनाव हुँदैछ ।

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता छन् ।

संयोग, जन्मथलो भोजपुर भएकी नेतृ राष्ट्रपतिको प्रतिस्पर्धामा छन् । भण्डारीको जित निश्‍चित छ । भण्डारी दोस्रो कार्यकालको लागि अाज निर्वाचित हुने पक्का छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]