Dabali News

अखिल क्रान्तिकारीका महासचिव चलाउने रिहा, सम्मेलनस्थल पुग्दै 

२८ फागुन

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दिपेन्द्र चलाउने रिहा भएका छन् । संगठनको राष्ट्रिय सम्मेलनको तयारीकै बेला चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव चलाउनेमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । सर्वोच्‍च अदालतको अादेशमा प्रहरीले उनलाई १७ दिनपछि सोमबार रिहा गरेको हो ।

संगठनको २१ औ राष्ट्रिय सम्मेलन दाङमा जारी छ । अाइतबारदेखि सुरु भएको सम्मेलनको अाजबाट बन्दसत्र सुरु भएको छ ।

भावी अध्यक्षको रुपमा हेरिएका महासचिव चलाउने रिहा भएलगत्तै सम्मेलनस्थल दाङतिर लागेका छन् । यात्रमा रहेका महासचिव चलाउनले अाफू राती नै दाङ पुग्‍ने र भोलि विहानबाट सुरु हुने बन्दसत्रमा सहभागी हुने जानकारी दिएका छन‍् ।

उता जारी सम्मेलनको बन्दसत्र सुरु भएको छ । विहान १० बाट सुरु भएको बन्दसत्रले विधान र प्रतिवेदनको अध्ययनको लागि १० वटा समूह विभाजन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै जनयुद्धकालिन प्रहरी ब्यूत्याएर नेकपाका नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तारी बढाएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]