Dabali News

यस्तो छ आजको खेलमा नेपालले हङकङसँग जित निकाल्नुपर्ने बाध्यता

२८ फागुन

काठमाडाैं । जिम्बावेमा बुलाबायोस्थित एथ्लेटिक मैदानमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ । जारी एक दिवसीय विश्वकप छनौटमा नेपाल पहिलो जितको खोजीमा छ । अर्थात ठूलो अन्तरले जित निकाल्नुपर्ने बाध्यता छ ।

अहिले बलिङ गरिरहेको नेपालका तर्फबाट बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले ब्याटिङ गरिरहेका हङकङ टोलीका ब्याट्सम्यान क्रिस्टोपर कार्टरलाई बसन्त रेग्मीले आउट गरेका हुन् । खेल चलिरहेको छ ।

सुरुवाती तीन खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफ्गानिस्तानसँग हारेको नेपाली टोलीले हार व्यहोरिसकेको छ । समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न यो खेलमा हङकङलाई फराकिलो अन्तरले हराउनुपर्ने बाध्यता छ ।
तथापि झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ‘ए’को खेलमा भर पर्नुपर्ने हुन्छ ।

एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ‘ए’बाट युएई र ‘बी’बाट हङकङले सुपर सिक्समा स्थान बनाएमा नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिन्छ । उसो त के आजको खेलमा नेपालले जित निकाल्न सक्छ ? क्रिकेटका प्रेमीहरु प्रश्न गरिरहेका छन् ।

यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्ले अफ हुनेछ । उक्त प्ले अफमा सातौं स्थान हात पार्ने टोलीले एक दिवसीय मान्यता पाउनेछ ।

यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तीमा एक टोली सुपर सिक्समा पुग्नु हुँदैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]