Dabali News

अाज नेपाल र हङकङबीच खेल हुँदै, सुपर सिक्समा पुग्‍ने झिनो सम्भावना बाँकी 

२८ फागुन

काठमाडौं । विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत अाज नेपालले हङकङसँग खेल्दैछ । जिम्बावेमा जारी प्रतियोगिताको समूह ‘बी’ को अन्तिम खेलमा हो ।

लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ ।

तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।

यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्ले अफ हुनेछ ।

उक्त प्ले अफ्मा सातौं स्थान हात पार्ने टोलीले एक दिवसीय मान्यता पाउनेछ ।

यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तिमा एक टोली सुपर सिक्समा पुग्नुहुँदैन ।

जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनौटमा नेपाल पहिलो जितको खोजीमा छ ।

सुरुवाती तीन खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफ्गानिस्तानसँग हारेको नेपाल आज पहिलो जितको खोजीमा छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]