Dabali News

सीआईएका प्रमुख भन्छन्–किम जोङसँगको वार्ता असफल भए अमेरिकामा संकट

२८ फागुन

काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने वार्ता असफल भए संकट निम्तिने बताएका छन् । उक्त चुनौतीबारे ट्रम्पलाई राम्रोसँग थाहा भएको पनि पोम्पले भनेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्पले किम जोङसँग वार्ता गर्न लागेको बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग हुने वार्ताले सबैभन्दा ठूलो सम्झौता दिने बताएका थिए ।

सिआईएका निर्देशक पोम्मले उत्तर कोरियाको चुनौती सामना गर्न दूरदृष्टि आवश्यक रहेको पनि बताए । उनले उत्तर कोरियालाई वार्तामा ल्याउन अमेरिकी नेतृत्वको नाकाबन्दीले बाध्य बनाएको दाबी गरे ।

नाकाबन्दीकै कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उसलाई दबाब बढेको उनको भनाइ थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]