Dabali News

सीले चाहेमा आजीवन राष्ट्रपति

२८ फागुन

काठमाडौँ । चिनियाँ राष्ट्र सी जिन पिङले चाहेका आजीवन राष्ट्रपति बन्न सक्ने भएका छन् । चीनको नेसनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गरेसँगै यो अवस्था आएको थियो ।

कंग्रेसले संविधान संशोधनलाई अनुमोदन गरेको छ । उक्त संशोधनले राष्ट्रपति सी चिनफिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि चाहेमा अनिश्चितकालसम्म सत्तामा रहिरहने बाटो खुला गरिदिएको छ ।

चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो । राष्ट्रपति सीले आफ्ना सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।

महाधिवेशनले पार्टीको विधानमा सीको नाममा विचारधारा लेखेसँगै संविधान पनि संशोधन भएको हो । अब सी अध्यक्षकै हैसियतामा आएको चर्चा हुँदै आएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]