Dabali News

क्रिसेन्ट एकेडमीको मनछुने प्रस्तुति

गोदावरी । क्रिसेन्ट एकेडमी गोदावरी ललितपुरले २६ गते शनिवारका दिन मनोरञ्जनात्मक कार्यक्रम गरी आफ्नो २१औं अभिभावक दिवश तथा वार्षिक उत्सव मनाएको छ ।

प्याब्सन उपाध्यक्ष विमल थापाले राज्यले १२६ अर्व शिक्षामा लगानी गरिरहेको सन्दर्भमा निजी क्षेत्रले आफ्नै वलबुताले गरेको प्रयास अतुलनीय रहेको बताउनु भयो । ‘शिक्षा स्तरीय र गुणस्तरीय हुनपर्दछ’ भन्दै थापाले क्रिसेन्ट एकेडमीका प्रस्तुति र परिणामले सोही आभास दिएको दावी गरे ।

अभिभावकहरुका तर्फबाट राजनीतिशास्त्री डा. दीपेन्द्र रोकायाले गोदावरी क्षेत्र शिक्षा, पुरातात्विक र वातावरणका हिसावले ऐतिहासिक क्षेत्र भएको चर्चा गर्दै आधुनिक शिक्षा प्रणालीमा क्रिसेन्ट एकेडमी गोदावरीले खेलेको भूमिका उल्लेख गरे ।

हरेक ब्यक्तिमा प्रतिभा हुने तर बाहिर ल्याउनका लागि शिक्षा आवश्यक पर्ने भएकाले अध्ययन त्यसका लागि आवश्यक परेको उल्लेख गर्दै डा. रोकायाले भने, ‘शिक्षा प्रमाण–पत्रमा देखिने अंकभन्दा नैतिकता, संकल्प, अतिरिक्त क्रियाकलापबाट आत्मिक चेतना प्रस्फुटन गर्ने माध्यम बन्नु पर्दछ ।’

क्रिसेन्ट एकेडमी गोदावरी ललितपुरका प्रिन्सिपल गोविन्द पुरीले आफ्नो विद्यालयले विद्यार्थीहरुलाई आधुनिक समाजको माग हेरी अभिभावकहरुको सुझाव बमोजिम शिक्षा दिने कार्य गरिरहेको जानकारी दिए । उनले आफ्नो अनुपस्थितिमा विद्यालयलाई सुचारु गर्ने शिक्षक, शिक्षिका तथा विद्यालय प्रशासनका ४५ जनाप्रति आभार ब्यक्त गर्दै सबैलाई सम्मान समेत गरे ।

गोदावरी क्षेत्रका सबै विद्यालयका प्रिन्सिपलहरु आथित्य रहेको कार्यक्रममा प्रिन्सिपल पुरीले आफ्ना पुराना गुरु नारायण सुवेदी र विष्णु नारायण श्रेष्ठलाई सम्मान गरे । त्यसैगरी गतवर्ष एकेडमीबाट एसइइमा उतीर्ण भएका विद्यार्थीहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

‘शिरको टोपी’ गीतबाट शुरु भएको कार्यक्रममा विद्यार्थी र विद्यालयका तर्फबाट दिक्षिका खड्का र नानु सुवेदीले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन अनु थापाले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले ‘बाबा, मेरो बाबा’ र ‘आमा’ जस्ता अभिभावकका मन छुने सामुहिक गीत सुनाइएको थियो ।

सोही कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले पूर्वेली किराती नाच चुहियामा हा हा, एलकेजीदेखि २ कक्षासम्मका विद्यार्थीले ‘कर्कलो गाभा’, ‘सारैमा राम्रो’ बोलमा सिम्रिकाको नाच, कक्षा ६–१० का विद्यार्थीले गु्रप नाच, कक्षा ८–१० का छात्रले ‘के यो माया हो’ बोलको गीत, कक्षा ३ को ‘चरी चट्ट परी’ बोलको गीतमा नाच, कक्षा ६ को ‘छैन ए छैन’ गीतमा नाच, कक्षा ४ को ‘जता जता पिरतीको बाटो’ बोलको गीतमा नाच, कक्षा ३ र ४ ले ‘बाँसुरीको धुनसँगै’ बोलको गीत, कक्षा ८ ले ‘रुपै मोहनी’ बालेको गीतमा नाच, कक्षा ५ को ‘सरर बेग मारी’ गीतको नाच, कक्षा ६ ले ‘चरी जस्तै उड्न पाए’ गीतमा नाच, कक्षा ७ ले ‘फोटो खिचन’ बोलमा नाच, कक्षा ९ ले ‘अच्छा लेकिन लण्डनको चिसोमा’ गीतको बोलमा नाच र कक्षा १० ले ‘गोदावरी बनैमा’ छात्राको समुह नाच प्रस्तुत गरेका थिए । यस्तै रंग नम्बर, बुढी खाने, ट्यापे ग्याङ, गृहयुद्ध, हृदयघातजस्ता शिक्षाप्रद नाटक देखाइएको थियो ।

उक्त वार्षिक उत्सवमा देखाइएका प्रस्तुतिले उपस्थित अभिभावक खुशी देखिन्थ्ये भने विद्यालय शिक्षक, शिक्षिका र विद्यार्थी आफ्नो कला देखाउन पाएकोमा मख्ख थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]