Dabali News

‘प्रचण्ड अपहरणमा परे’

२८ फागुन

दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले जनयुद्धलाई क्रान्तिको फिल्म भएको बताउँदै त्यसको पहिलो भाग मात्रै सकिएको बताएका छन् । उनले जनयुद्ध फिल्मको मध्यान्तर भएको र  दोस्रो भाग अब लाग्‍ने दाबी गरे ।

पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को २१ औ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै बुढामगर बुढामगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फिल्मको पहिलो भागबाटै भागेको बताए । ‘जनयुद्धलाई क्रान्तिको फिल्म मान्‍ने हो भने पहिलो भाग सकिएको छ, पहिलो भाग सकिएसँगै त्यसको हिरो पनि भागे, भिलेन हुँदै नायक (प्रचण्ड) भागेपछि अपहरण परे बुढामगरले भने ।’ उनले नयाँ  हिरोसहित क्रान्तिको दोस्रो भाग सुरु भइसेको बताए ।

सम्मेलनको उद्घाटन गर्दै नेकपाले गठन गरेको जनपरिषद्‍का प्रमुख समेत रहेका नेता बुढाले नेकपा एमाले-माओवादी केन्द्रलाई सामाजिक दलाल भन्दै ओली नेतृत्वको सरकारले राष्ट्रियता र जनताको अधिकारको रक्षा गर्न नसक्ने ठोकुवा गरे । उनले कसरी लुट्‍न सकिन्छ भन्‍ने नै सरकारको मुख्य ध्यान भएको समेत अारोप लगाए ।

सम्बोधनको क्रममा नेता बुढाले शैक्षिक क्षेत्रलाई धन थुपार्ने थलो बनाइएको भन्दै अाफूहरुले त्यसको अन्‍त्य गरि छोड्‍ने बताए । उनले सिंहदरका सबै बद्‍मासी गाउँगाउँ पुगेको भन्दै त्यसका विरुद्ध अाफ्नो पार्टीले कडा कदम चाल्ने चेतावनी समेत दिए ।

‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलन’ मुख्य नारासहित सुरु भएको सम्मेलनका सोमबार विहान १० बजेबाट बन्दसत्र सुरु हुन हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्‍न हुनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]