Dabali News

सहिद टीका श्रेष्ठको कविताः फागुन एक

अँध्यारो रातको अन्त्य गर्दै
पूर्वी क्षितिजमा प्रभात खुलेझैँं
शदीयौंँ लामो कालो रातलाई चुनौती दिंदै
झुल्कियौ नेपाली धर्तीमा लालसूर्य बनी
नेपाली धर्तीको लालसूर्य !

मुक्तियुद्धको प्रतीक !
ओ फागुन एक !
सलाम छ तिमिलाई दुवै मुठ्ठी उठाएर
तिमी
असङ्ख्य मुक्तिकामीहरूको जीवन हौ
मुठ्ठीभर मुक्तिविरोधीहरूको मृत्यु हौ
मुक्तिविरोधीहरू मृत्युको चक्रब्यूह रचेर
तिम्रो अवसानको घडी पर्खिरहेछन्
असङ्ख्य मुक्तिकामीहरू मान्छे बाच्न
मृत्युसँग सगौरव जीवन साटिरहेछन्
र तिम्रो दिर्घायूको लागि
आफ्नो आयू तिमीलाई सुम्पेर
तिमीलाई अभिवादन गरिरहेछन्
ओ मुक्तियुद्धको प्रतीक !
ओ नेपाली धर्तीको लालसूर्य !
मेरो पनि अभिवादन तिमीलाई शिर झुकाएर
मृत्युको चक्रब्यूह रचेर
तिम्रो अवसानको घडी पर्खनेहरू
आफूले रचेको चक्रब्यूहमा आफंँै फस्दै गइरहेका छन्
तिमी भने चक्रब्यूहलाई चकनाचुर पार्दै
फैलिरहेछौ भूगोलको सीमालाई मिच्दै
फैलदै जाऊ लालसूर्य फैलदै जाऊ
सीमाहीन आकाशमा सूर्य फैलिए जसरी
तिमीलाई हाम्रो शुभकामना !

सहिद टीका श्रेष्ठको संक्षिप्त जीवनी 
श्रेष्ठको जन्म २०२९ भदौ ५ गते सिन्धुली जिल्ला कमलामाई नगरपालिका वार्ड नं. ४ सिलामेमा पिता जयबहादुर र आमा मनकुमारी श्रेष्ठका छैठौं सन्तानका रूपमा भएको थियो । उहाँले गाउ“कैै स्कुल जनज्योती निमाविबाट अध्ययन आरम्भ गर्नु भई श्री उमावि गौमतीबाट एस्एल्सी र सिन्धुली बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गर्नुभएको थियो ।

क्याम्पस प्रवेशसँगै टीका २०४७ मा अखिल (छैठौं) मा सङ्गठित भएर लाग्नुभयो र ०५२ मा अखिल (क्रान्तिकारी)को सिन्धुली जिल्ला अध्यक्ष हुनुभयो । जनयुद्धकै क्रममा ०५५ सालमा गिरफ्तार भई लामो जेल बसाइपश्चात् ०५८ मा जेलमुक्त हुनुभयो । क्रान्तिको अभिभारा वहन गर्दै जाने सिलसिलामा उहाँ २०५८ मा जिल्ला पार्टी सदस्य र ०६० मा सैन्यब्यूरो सदस्य एवम् जनमुक्ति सेनाका कम्पनी कमिसार हुनुभयो ।

युद्धको भीषण मोर्चामा अघि बढ्दै गर्दा ०६१ असार १३ गते सर्लाहीको तोरीबारी भन्ने ठाउँमा तत्कालिन शाहीसेनासँग भिडन्तको क्रममा उहाँले शहादत प्राप्त गर्नुभयो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]