आज :

२४ औं जनयुद्ध दिवसको अबसरमा विप्लवको विशेष अन्तरवार्ता (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले लामो समयपछि अन्तरवार्ता दिएका छन् । २४ औं जनयुद्ध दिवसको अबसरमा रातो खबरको युट्यूव च्यानललाई दिइएको अन्तरवार्तामा सही विचारकै कारण जनयुद्धले सामन्तवादलाई परास्त गरेको बताएका छन् ।

विप्लवले तत्कालिन नेतृत्वले जसका विरुद्ध लडिएको थियो, उनीहरुसँगै पछि लागेपछि जनयुद्धका उपलब्धी गुमेको बताए । प्रचण्डले प्रतिक्रियावादी भनेकै शक्तिहरुसँग झुकेको बताए ।

अन्तरवार्ताको क्रममा प्रचण्ड–बाबुराम कम्युनिस्ट भइनसकेको बताउँदै उनीहरुको जीवन संक्रमणमै रहेको दाबी समेत गरेका छन् । विप्लवले प्रचण्ड-बाबुराम अाफैले बलिदान गर्नसम्म नपुर्‍याएको बताए ।

भिडियो

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्ध दिवसको अबसरमा शुभकामना दिँदै नेपाली नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल रहेको बताएका छन् । विप्लवले विज्ञप्तिमार्फत शुभकामनामा दिँदै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने समेत बताएका छन् ।

‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ’ विज्ञप्तिमा भनिएको छ । उनले एकीकृत जनक्रान्तिमा मातेमालो गर्न समेत अपील गरेका छन् ।

महासचिव विप्लवले सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र जनतालाई शुभकामना तथा बधाई दिएका छन् । ‘महान् जनयुद्धको २४ औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ । उनले क्रान्ति अवश्यम्भाबी बन्दै गएको बताएका छन् ।

विप्लवले साम्यवादी विचार नै जनयुद्धको विचार भएको बताउँदै विज्ञप्तिमा भनेका छन्, ‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ ।’ शुभकामना दिँदै विप्लवले तसर्थ महान् सहिद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त शक्तिहरू कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढौँ भन्दै विशेष अपील गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal