Dabali News

अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलन उद्घाटन हुँदै

२७ फागुन

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङमा शुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको उद्घाटन अपरान्ह १ः३० बजे हुने क्रान्तिकारीका केन्द्रीय सदस्य लोकेश विश्वकर्माले जानकारी दिए ।

दाङको घोराहीमा सम्मेलनका कार्यक्रम शुरु भएको छ । अहिले र्याली चलिरहेको छ । बजार परिक्रमापछि र्याली उद्घाटन समारोहमा परिणत हुनेछ । देशभरबाट सम्मेलनका सबै प्रतिनिधि र पर्यवेक्षक सम्मेलनस्थल आइपुगिसकेको जानकारी विश्वकर्माले दिए ।

सम्मेलन बिथोल्ने उद्देश्यले संगठनका महासचिव दीपेन्द्र चलाउनेलाई यही फागुन ११ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ । हाल महासचिव चलाउने कमलपोखरीस्थित प्रहरी वृत्तको हिरासतमा छन् ।

‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलन’ मुख्य नारासहित सम्मेलन सम्पन्न हुँदैछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]