Dabali News

मात्रिका पनि थाकेकै हुन् त ? बजार अनुगमन रोक्न निर्देशन

२६ फागुन

काठमाडौँ । माओवादी आन्दोलनमा क्रान्तिकारी, हक्की, कसैसँग नडराउने, आफूले चाहेको गरिछोड्ने नेताको छवि बनाएका माओवादी केन्द्रका नेता मात्रिका यादव पहिलो पटक मन्त्री भएर त्यो देखाएका थिए ।

आफ्नै भाषामा पहिलो पटक शपथ लिएका मन्त्री यादवले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग क्याविनेट बैठकमै टक्कर, गलत कार्य गर्ने एलडीओलाई ट्याइलेटमा थुन्नेदेखि रक्त चन्दन तस्करीको जालो सार्वजनिक गरेर थिए । राजनीतिक घुम्ती मोड पार गर्दै यादव फेरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका छन् । उनीसँग सर्वसाधारणले त्यो क्षेत्रमा भएको बेथितिलाई ठेगान लगाउने आशा गरेका छन् ।

मात्रिका यादवले मन्त्रीको शपथ लिएकै दिन सामाजिक संजालहरुमा निर्धक्कसँग काम गर्न आग्रह गर्दै त्यसको लागि आफूहरु साथमै रहेको आवाज उठेका थिए । मन्त्री यादवले सुरुमा बजार अनुगमनमा थालेर राम्रो संकेत पनि देखाएका थिए । तर अनुगमन विगतभन्दा फरक नभएपछि आशा गरेका सर्वसाधारण खुशी हुन सकेका थिएनन् ।

बजारको बेथिति रोक्न तीब्र रुपमा काम गरेको हेर्न चाहेका सर्वसाधारणलाई मन्त्री यादवले निरास बनाएका छन् । पहिलो पटक क्रान्तिकारीपन देखाएका उनले यो पटक भने सुरुमै गलेका छन् । मन्त्री यादवले बजार अनुगमन स्थगित गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । अनुगमन रोक्न व्यवसायीहरुले नेतृत्व तहमै लविङ गरिरहेका थिए ।

मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन् । उनले यसअघि सस्तो लोकप्रियताको लागि मात्रै अनुगमन हुँदै आएको भन्दै तत्काललाई रोक्न निर्देशन दिएको सचिव अनिल ठाकुरले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

केही दिनदेखि उद्योगी, व्यवसायीहरुले बजार अनुगमन रोक्न भन्दै मन्त्री यादवलाई भेट्दै आएका थिए । मन्त्री यादव व्यवसायीको प्रभावमा परेका हुन् वा नयाँ कार्यविधि बनाएर छाडा बजारलाई नियन्त्रण गर्नेछन् हेर्न बाँकी छ तर अनुगमन रोक्न दिएको निर्देशनले सर्वसाधारण भने निरास भएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]