Dabali News

पूर्वसैनिक सहकारी संस्थाले मनायो तेस्रो स्थापना दिवस

२५ फागुन

बुटवल । पूर्वसैनिक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो स्थापना दिवस सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वार्ड नं–७ भलवारीमा रहेको उक्त सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष गुरुङले शेयर सदस्यको शेयर तथा बचत रकम हिनामिना हुन नदिई संस्थाको उद्देश्य प्राप्तिको लागि संस्था र शेयर सदस्यहरुको हक र हितमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले तीन वर्षभित्रै संस्थालाई नमूना सहकारीको रुपमा विकास गर्ने दृढता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार उपेन्द्रराज ज्ञवालीले बोल्दै देश र राष्ट्रका सेवक विभिन्न क्षेत्रको ज्ञान र अनुभवबाट अवकाश प्राप्त इमान्दार र परिपक्व व्यक्तिहरुबाट संचालिन संस्थाले छोटो समयमा प्रगति गर्न सफल भएको बताए ।

कार्यक्रममा संस्थाको उद्देश्य बमोजिम कृषि कार्यक्रम ल्याई शेयर सदस्यहरुलाई मात्र नभई समाजलाई नै प्रत्यक्ष फाइदा पुर्याएको संस्थाले जानकारी थिएको थियो ।

कार्यक्रमको अध्यक्ष संस्थाका गुरुङ्गले गरेका थिए भने वरिष्ठ सल्लाहकार भिमबहादुर खाम्चा प्रमुख रहेका थिए । त्यसैगरी कार्यक्रमको संचालन संस्थाका सचिव कृष्णबहादुर पुन र स्वागत संस्थाका कोषाध्यक्ष गिरीप्रसाद रानाले गरेका थिए ।

  • कमलसिंह चौधरीबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]